मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

बिडिए मासाच्युसेट्स च्याप्टरद्वारा रक्तदानका लागि आव्हान

बिडिए मासाच्युसेट्स च्याप्टरद्वारा रक्तदानका लागि आव्हान


अमेरिका(बिडिए), मासाच्युसेट्स च्याप्टरले रक्तदानका लागि आव्हान गरेको छ। ‘It’s better to give than to Receive- Give Blood ! भन्दै बिडिए, म्यासाच्युसेट्स च्याप्टरले रक्तदान गर्न आव्हान गरेको हो। संस्थाले मासाच्युसेट्स जनरल हस्पिटलको रक्तदान केन्द्रको प्राविधिक सहयोगमा यही आउदो जुलाई २० तारिख शनिवारको दिन बिहान ९ बजेदेखि साँडे दुई बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

उक्त रक्तदान कार्यक्रम प्रवासी नेपालीहरुद्वारा हालै सञ्चालनमा ल्याइएको नरउड टाउनको 956 Boston Providence Hwy, Norwood, MA-02062 अवस्थित एएफसि अर्जेन्ट केयर क्लिनिक(AFC-Urgent Care Clinic)मा हुने ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय सदस्य बिरोचन नेपालले जानकारी दिए। ‘रक्तदान गर्नुहोस् र अभावबाट बच्न मद्दत गर्नुहोस् !’ भन्दै केन्द्रीय सदस्य नेपालले उक्त रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न इच्छुक सबैलाई अनुरोध गरेका छन्।

रक्तदान कार्यक्रम स्थल

उनले उक्त मितिमा रक्तदान गर्न चाहनेहरुका लागि नाम दर्ता खुला गरिसकिएको जानकारी दिदै इच्छुकहरुलाई आफ्नो अग्रिम नाम दर्ता गर्नसमेत अनुरोध गरेका छन्। संस्थाले उक्त रक्तदान कार्यक्रमसंग सम्बन्धित फ्लायरमा उल्लेख गरिएको क्युआर कोड(QR code) स्क्यान गरेर वा http://bit.ly/JulyMGH वेभसाइडमा गएर आफ्नो नाम दर्ता गर्न सकिने जनाएको छ।

रक्तदान बारे जनचेतना जगाउने, रगत संकलन गर्ने तथा रक्तदानसंग सम्बन्धित अन्य क्रियाकलापहरु गर्ने उद्देश्यका साथ सन् २००९ मा ब्लड डोनर्स अफ अमेरिका स्थापना भएको थियो। स्थापना कालदेखि नै संस्थाले म्यासाच्युसेट्स राज्यसहित अमेरिकाको अन्य राज्यहरुमा पनि रगत संकलन तथा रक्तदानसंग सम्बन्धित विविध क्रियाकलापहरु गर्दै आइरहेको छ। म्यासाच्युसेट्समा रक्तदाताहरु र रगत संकलन अभियानमा जोडिएका व्यक्तिहरुको संख्या र सक्रियता बढ्दै गएकाले बिडिएले गत अक्टोबर ११, २०२३ मा राम थापाको नेतृत्वमा मासाच्युसेट्स च्याप्टर गठन गरेको थियो। च्याप्टर गठन भएसंगै संस्थाले संस्थाको उद्देश्य अनुसार आफ्ना गतिविधिहरुलाई तिब्रता दिदै आएको छ।

यसैक्रममा, मास जनरल हस्पिटलको रक्तदान केन्द्रको प्राविधिक सहयोगमा प्रत्येक ४ महिनाको अन्तरालमा वर्षको ३ पटक रगत संकलन गर्ने तालिका तय गरिसकेको केन्द्रीय सदस्य नेपालले जानकारी दिए। उनका अनुसार जुलाई २०, २०२४, नोभेम्बर २, २०२४ र मार्च १, २०२५ का दिन रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ।