मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
टेक्सस   

टी २० विश्वकप: अमेरिकाले जित्यो, पाकिस्तान हाऱ्यो

टी २० विश्वकप: अमेरिकाले जित्यो, पाकिस्तान हाऱ्यो

पाकिस्तानी खेलाडीको औकात २५ डलर?


तस्बीरः ओजेश उप्रेती/हिमालयखबर

टेक्सस अमेरिका- टी २० विश्वकप अन्तर्गत विहिवार भएको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पजारित गरेको छ । यसलाई पाकिस्तानको अप्रत्याशित हारकारुपमा विश्लेषण गरिएको छ ।

टेक्ससको ग्रयाण्डप्रेरी स्टेडियममा सम्पन्न उक्त म्याचमा पाकिस्तानले पहिले ब्याटिंग गर्दै १५९ रन बनाएको थियो । १ सय ६० रनको लक्ष्य लिएर आएको अमेरिकाले खेलमा राम्रो प्रदर्शन गरेको थियो । तर, पछिल्लो १० ओभर पछिको खेलमा अमेरिकाको रन लिने क्रम केही सुस्त भएको थियो । तर, अमेरिकाका तीन जना खेलाडीमात्र आउट भएका थिए ।
अन्तिम ओभरमा अमेरिकाले हानेको एउटा छक्का र अर्को चौकाका कारण खेल निर्धारित २० ओभरमा बराबरीमा रोकिएको थियो र त्यसपछि सुपर ओभर भएको थियो ।

सुपर ओभरमा अमेरिकारले १८ रन बनाएर १९ रनको टार्गेट दिएको थियो । तर पाकिस्तानका खेलाडीले यो लक्ष्य पुरा गर्न नसक्दा अमेरिकासंग अनपेक्षित पराजय भोग्नु पऱ्यो ।
यसलाई अमेरिकाको क्रिकेट इतिहासमा महत्वपूर्ण जितका रुपमा लिईएको छ ।

पाकिस्तानका खेलाडी पनि विवादमा

अमेरिकमा एउटा प्राइभेट डिनरमा गएर पाकिस्तानका खेलाडी पनि विवादमा परेका छन् ।

अमेरिका बस्ने एकजना पाकिस्तानीले आयोजना गरेको डिनरमा गएर पाकिस्तानका खेलाडी विवादमा परेका हुन् । उक्त डिनर आयोजना गर्नका लागि त्यहां आउने प्रत्येकसंग २५ अमेरिकी डलर शुल्क लिईएको थियो भनिन्छ।

यसलाई पाकिस्तानी खेलाडीको औकात २५ डलर भएको भन्दै सामाजिक संजालमा आलोचना भएको हो । पाकिस्तानका चर्चित पूर्व क्रिकेटर रशिद लतीफले सामाजिक संजालमा यो डिनरमा खेलाडी गएकोमा तिब्र आलोचना गरेकाछन् । खेल अगाडि पाकिस्तानी खेलाडी उक्त डिनरमा गएका थिए । अहिले पाकिस्तानले तुलनात्मक रुपमा कमजोर रहेको अमेरिकासंग महत्वपूर्ण म्याच हारेको छ ।

नेपाली खेलाडी पनि खेल अघि यस्तै नीजि र केही स्संथानी संस्थाले आयोजना गरेको डिनर एवं स्वागत कार्यक्रममा गएर विवादमा परेका थिए । नेदरल्याण्ड्ससंगको खेल अघि नेपाली खेलाडी र नेपाल क्रिकेट संघका पदाधिकारी ड्यालसमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए । एउटा स्पोर्टसवारले आयोजना गरेको कार्यक्रममा समेत गएका थिए।नेदरल्याण्ड्ससंगको खेल हारे पश्चात अहिले नेपाली खेलाडी र पदाधिकारीले जनाएको त्यस्ता सहभागिताप्रति निकै टिका-टिप्पणी भईरहेको छ । खेलाडीको सम्मान गर्न भन्दै स्थानीयसंग पैसा उठाईएको थियो । कति पैसा उठाईयो र कसलाई दिईयो भन्ने कुरा अहिलेसम्म सार्वजनिक गरिएको छैन । देशको प्रतिनिंधित्व गर्दै खेल्न आएका खेलाडीहरु खेलमा केन्द्रित हुन नेपाली क्रिकेटका स्थानीय फ्यानहरुले क्यान र नेपाली खेलाडीहरुलाई सुझाएकाछन्।

यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस