मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
खेलकुद   
टेक्सस   

नेपालको अनपेक्षित हार (भिडियो सहित)

नेपालको अनपेक्षित हार (भिडियो सहित)

अमेरिकाको नेपाली समुदाय स्तभ्ध


ग्राण्डपेरी, (ड्यालस) टेक्सस । पाँच हजार नेपाली समुदायमाझ टेक्ससमा भएको टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले विजयको सुरूवात हाँसिल गर्न सकेन ।

म्याक्स ओ डडको अर्धशतकमा नेदरल्यान्ड्सले मंगलबार दिउँसो भएको खेलमा नेपाललाई ६ विकेटले पराजित गर्यो । डच टोलीले १ सय ७ रनको लक्ष्य ८ बल अगाडि नै १ सय ९ रन बनाउदै पुरा गर्यो ।

ओ डडले अविजित ५४ रन बनाउदै ड्यालसको ग्रान्डप्रेरी क्रिकेट रंगशालामा भरिभराउ नेपाली समर्थकलाई निराश बनाए । उनले ४८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । सोमपाल कामीको बलमा कप्तान रोहित पौडलेले ४१ रनमा ओ डडको क्याच छाड्दा नेपालको झिनो आशा पनि समाप्त भएको थियो ।

नेपाली टीमलाइ हाैसला बढाउन अमेरिकाका ५० वटै राज्यहरूबाट नेपालीहरू ड्यालस झरेका थिए । बास डेल लिड ११ रन बनाई अविजित रहे । उनले अविनाश बोहराको बलमा विजयी चौका प्रहार गरे ।

यसअघि सोमपालले दोस्रो ओभरमै माइकल लेभिटलाई १ रनमा आउट गरि नेदरल्यान्ड्सलाई राम्रो सुरुआत दिलाएका थिए । ठुलो लक्ष्य नभएका कारण आरामदायी हिसाबमा खेलेको नेदरल्यान्ड्सबाट ओ डड र विक्रमजित सिंहले दोस्रो विकेटमा ४० रनको साझेदारी गरे । सिंहले २८ बल खेली ४ चौका प्रहार गरि २२ रन बनाए ।

साइब्रँन्ड इंगलब्रेक्टले १६ बल खेली १ चौकासहित १४ रन बनाए । उनलाई सोमपालले फ्लो थ्रुमा रनआउट गरे । कप्तान स्कट इडवार्डसलाई ५ रनमा अविनाश बोहराले बोल्ड गरे ।

सोमपालले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा २० रनमात्र खर्चे पनि कुनै विकेट लिन सकेनन । अविनाशले ३.४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

यसअघि रोहितले टिकेर खेले पनि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १ सय ६ रनमा अलआउट भएको थियो । रोहितले ३७ बलमा ३५ रन बनाए । चौथो ओभरमा ब्याटिङमा आई १६ औं ओभरमा आउट हुनु पूर्व रोहितले ५ चौका प्रहार गरे ।

तल्लोक्रममा करण केसीले २ छक्कासहित १२ बलमा १७ रन बनाए । गुलशन झाले १५ बलमा १ चौका प्रहार गरि १४ रन बनाए । अविनाश बोहरा पहिलो बलमा आउट भए ।

नेपालको सुरुआत राम्रो रहेन । आसिफ शेख ८ बलमा ४ रन बनाई आउट भए । भिभिएन किङमासँग नयाँ बल लिएर आएका देब्रेहात स्पिनर टिम प्रिङगलले आफ्नो पहिलो ओभरमै आसिफलाई आउट एजमा शर्टमा रहेका किङमाबाट क्याच गराए ।

कुशल भुर्तेलको खराब फर्म जारी नै रहयो । १० बलमा ७ रन बनाएका उनलाई पहिलो परिवर्तनको रुपमा आएका लोगन भान बिकले एलबीडब्लु आउट गरे । नेदरल्यान्ड्सका बलरविरुद्ध अनिल साह र रोहितको प्रतिरोध केहि समयमात्र रहयो । अनिल १२ बल खेली २ चौका प्रहार गरि ११ रन बनाई प्रिङगलकै बलमा आउट भए ।

कुशल मल्ल ९, दीपेन्द्रसिंह १, सोमपाल शुन्यमा आउट भए । प्रिङगलले ४ ओभरमा २० रनमात्र खर्चेर ३ विकेट लिए । उनले १३ डट बल फालेका थिए । पाउल भान मिकेरेनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुनै विकेट नलिए पनि किङमाले ४ ओभरमा २३ रन खर्चेका थिए । उनले १५ डट बल फालेका थिए ।

खेलाडीलाइ उत्साह भर्न रंगशालामा अोइरिएका नेपाली दर्शकहरू निकै दुःखित र चिन्तित मुद्रामा थिए ।

यो पनि पढ्नुहोस