मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

सोमपाल सन्दर्भ के हो ?

सोमपाल सन्दर्भ के हो ?


सामाजीक सन्जाल भनेको भेडाहरुको मात्र वाहुल्यता रहने ठाउँ हो र ? पक्कै होइन । तर ठ्याक्कै २४ घण्टा अघि भएको एउटा सन्दर्भलाई लिएर अमेरिकाको टेक्सस ड्यालसको मन्दिरले ‘कामी भनेर विभेद गर्यो’, ‘पुजारीले दलित भनेर टिका लगाईदिएनन्’ जस्ता अनेकन आरोप, टिप्पणी उठिरहेका छन् ।

यहाँ टेक्ससमा भरखर बिहान भयो । यो सन्दर्भलाइ लिएर हिमालयखबर र यससँग सम्बन्धित हामीहरूलाइ तारन्तार फोनहरू अाइरहेका छन् । हाम्रो धारणा माग गरिरहेका छन् । सबैलाई मेसेज लेखेर र कल गरेर सम्भव भएन । म आफैँ घटना र सन्दर्भसँग प्रत्यक्षदर्शी भएकोले केहि वास्तविकता लेख्दैछु ।

१) क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले हिजो बिहानै मन्दिर भित्र प्रवेश गरे । उनी सरासर भक्तजनले पुजा गर्ने ठाउँमा गए । मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे । आरती गरे र दुबै पुजारीले टिका लगाईदिए ।

२) पछि अरु खेलाडी र कोंच पनि मन्दिर पसे । उनीहरु पनि आरती, जल चढाए । पुजारीले क्रमैसँग टिका लगाइदिए । प्रसाद दिए । पहिल्यै निधारमा टिका भएकोले पछि साथीहरुसँग जाँदा चाहि सोमपालले हातमा प्रसाद मात्र लिए । भाईरल बनाइएको र गाली गरिएको भिडियो यहि हो । निधारमा त्यहि लगाएको टिका भएकोले उनले दोहोर्याउन चाहेनन् ।

३) खेलाडीहरु आफैँ खेल जिताईमाग्न मन्दिर गएका होइनन् । नेपाली समाज टेक्ससले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका हुन् र मन्दिरको दर्शन गरेका हुन् । बिहान ७ बजे स्वागत कार्यक्रम राखिएको थियो ।

४) नत मन्दिर, नत पुजारी कसैले पनि सोमपाललाई विभेद गरेको होइन । वास्तविकता नबुझी कोही पनि भेडा नबनौँ । उनको निधारमा भएको टिका कहाँबाट आयो ?

अझै चित्त नबुझेमा म त्यहि भएको प्रत्यक्षदर्शीलाई सोध्नुस् । एउटा फेसबुक लाईभको सानो क्लिपलाइ अाधार बनाएर भेडा नबनौँ । नेपाली टिमको सफलताको कामना गरौँ ।