मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपालले नेदरल्यान्डसविरुद्ध ब्याटिङ गर्दै

आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपालले नेदरल्यान्डसविरुद्ध ब्याटिङ गर्दै

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपाल र नेदरल्यान्डस दुवै आजको पहिलो खेलमा जितको खोजीमा हुनेछन् । नेपाल र नेदरल्यान्डस दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिना अघि नेपालमा भएको त्रिदेशीय टी–ट्वान्टी शृङ्खलामा नेदरल्यान्डस् दुई खेलमा विजयी हुँदा नेपालले एउटा मात्र खेल जितेको थियो ।

सन् २०१५ मा पहिलोपटक नेपाल र नेदरल्यान्डसले पहिलो पटक एकअर्काविरुछ खेलेका थिए । हालसम्म दुवैबीच ११ वटा खेल सम्पन्न भएका छन्् । नेदरल्यान्डस ६ खेलमा विजयी भएको थियो भने नेपालले पाँच खेलमा जित हासिल गरेको थियो ।

टी–२० विश्वकप क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो भने नेदरल्यान्डसको पाँचौ सहभागिता हो । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो । त्यतिबेला नेपालले हङ्कङ् र अफगानिस्तानलाई पराजित गरेको थियो । बङ्गलादेशसँग हार बेहोरेपछि नेपाल दोस्रो चरणमा पुग्न असफल भएको थियो ।

नेदरल्यान्डसविरुद्धको खेलमा कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा र सागर ढकालले खेलिरहेका छन् ।

नेपालले काठमाडौँमा गत वर्ष कात्तिकमा भएको एसिया छनोटमा संयुक्त अरब इरिरेट्स (यूएई)लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो । अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकपमा २० राष्ट्रको सहभागिता रहेको छ । विश्वकपमा नेपाल र नेदरल्यान्डस समूह ‘डी’ मा रहेका छन् । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश समेत छन् ।