मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
खेलकुद   
मुख्य समाचार   

क्रिकेट खेलाडी ड्यालसको पशुपतिनाथ मन्दिरमा

क्रिकेट खेलाडी ड्यालसको पशुपतिनाथ मन्दिरमा

नेपाली समाजद्वारा पञ्चेबाजा बजाएर स्वागत


शेयर गर्नुहोस:

14k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । आइसिसी टी-ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि अमेरिका आएका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानमा नेपाली समाज टेक्ससले सोमबार बिहान टेक्ससको युलेस सिटीस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा कोच मोन्टे देसाईलगायत खेलाडीहरुको सहभागिता थियो । कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले खेलाडीलाई विजयको शुभकामना दिँदै नेपाली टिमले जित्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले नेपालको नाम संसारभर चिनाउन खेलाडीहरुलाई शुभकामना व्यक्त गरिन् । कार्यक्रममा युलेस सिटीका काउन्सिल मेम्बर टीका पौडेल, नेपाली जनसम्पर्क समितिका अध्यक्ष ज्ञानेन्द्र कार्कीलगायतले खेलाडीलाई शुभकामना दिएका थिए ।

त्यसअघि मुख्य कोच देसाईलगायत खेलाडीहरुले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका थिए । त्यस क्रममा मन्दिरका मुख्य पूजारी डा. शेखर पण्डित, मेघराज निरौलाले वेदको स्वस्ती वाचनबाट विजयको लागि शुभकामना व्यक्त गरेका थिए ।

खेलाडीहरूको सम्मानका नेपाली समुदायले पञ्चेबाजासमेत बजाएका थिए। कर्यक्रममा मुख्य कोच देसाईले सबैको आशीर्वादले नेपाली टिम उत्साहित रहेको उल्लेख गर्दै सम्मानका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

शेयर गर्नुहोस:

14k
Shares