मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

मुकुन्दलाई जहाँ पुगे पनि आखिर नेपाल नै प्यारो लाग्छ

मुकुन्दलाई जहाँ पुगे पनि आखिर नेपाल नै प्यारो लाग्छ


शेयर गर्नुहोस:

891
Shares

  • change font
  • change font
  • change font

(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने यो स्तम्भ प्रारम्भ गरेका हौँ– सम्पादक )

झापाली समाजको कार्यक्रममा ढुंगाना

अमेरिकामा १७ वर्ष अथक परिश्रम गरेर सरल र शान्त जीवन बिताउन अहिले नेपाल फर्केका मुकुन्द ढुंगाना पुर्वको व्यस्त शहर इटहरीमा बस्छन् । हुने खाने झापाली परिवारमा जन्मेका उनी क्यालिफोर्नियाको लसएन्जलसलाई कर्मथलो बनाएर लामै समय उतै बिताए । दुइ हफ्ताअघि इटहरिस्थित उनको बासस्थानमा हामीले अन्तरंग कुराकानी गर्यौं ।अत्यन्त शालीन, शान्त र व्यवहारिक देखिने मुकुन्दसंग उनको विगतका कथाव्यथा, वर्तमानका आरोह अवरोह र भविष्यका योजना बारे खुलेर विमर्श गर्यौं ।

Advertisement

विक्रमसम्बत २०१४ असार १७ गते झापाको भद्रपुरमा जन्मेका मुकुन्द ढुंगानाको प्राथमिक शिक्षा शारदा प्राविमा भयो । उनले भद्रपुर हाइस्कुलबाट २०३० सालमा एसएलसी उत्तिर्ण गरे ।

मुकुन्दको कलेज यात्रा भने राजबिराजबाट शुरु भयो । पुर्वान्चल क्याम्पसबाटआइएल सकेर उनी भद्रपुरको मेची क्याम्पसमा बीएपढ्न गए । यसअघि उनले हल्दिबारी निमाविमा दुइवर्ष शिक्षक काम गरे । उनले राजनीति शास्त्र माटीयुबाट एमए पुरा गरे ।

मुकुन्द ढुंगाना

राजनीतिक नशा
जतिबेला उनको स्कुल र कलेज शिक्षा चल्दै थियो नेपालमा पंचायत थियो । प्रजातन्त्र थिएन । खुलेर बोल्न र लेख्न पाइदैनथ्यो । राजनीतिक दलहरु प्रतिबन्धित थिए । त्यस बेला विध्यार्थी संगठनहरुनै पंचायत विरुध्द आवाज उठाउने सशक्त माध्यम थिए ।

मुकुन्दको अन्तर मनमा पनि राजनीतिक चेत विस्तारै आगो भएर मौलाउन थाल्यो । विध्यार्थी राजनीतिबाट उनले आफुलाई स्वतन्त्रता र मानव अधिकारको पक्षमा उभ्याए । त्यसो त हल्दिबारी स्कुलमा शिक्षक हुँदै उनले पंचायत विरोधी राजनीतिलाई उर्जादिन्थे । प्रशासनको निगरानी र प्रेसर हुन थाले पछि उनले शिक्षकको जागिर छोडे ।

२०३७ सालमा नेपाल विध्यार्थी संघको झापा अध्यक्ष बने । २०३४/३५ देखि नै नेविसंघमा आवध्द मुकुन्दले मेची अंचलमा संगठन विस्तार र राजनीतिक चेतना बढाउने काम गरे । २०४० सालमा उनी नेविसंघको केन्द्रीय कोषाध्यक्ष बनेर विध्यार्थी राजनीति मार्फत नेपाली काँग्रेसको अभियान र आन्दोलनहरुमा सकृय रहे ।

नेपाली काँग्रेसका शीर्ष र समकालीन नेताहरुसंग संगठन विस्तार गर्दै देशका विभिन्न स्थानहरुको भ्रमण गरे । उनको राजनीतिक सकृयता २०४२ सालको सत्याग्रहसम्म निक्कै गजबको रह्यो । तर राजनीतिले मात्र जीवन कहाँ चल्थ्यो र ! मुकुन्दले आफुलाई विस्तारै राजनीतिबाट निस्कृय बनाउँदै व्यापार व्यवसायतिर अग्रसर गराए।

प्रतिबन्धितकालमा राजनीतिमा मुकुन्द जसरी सकृय भए प्रजातन्त्र आएपछि उनमा विस्तारै निस्कृयताले ठाउँलिन थाल्यो । उनीभन्छन्-हिजो आदर्शको राजनीति थियो, नेताहरु इमान्दार थिए ।

प्रजातन्त्र आएपछि सबै राम्रो होला, जनताका अपेक्षा पुरा होला भन्ने विश्वास नहुँदा उनलाई राजनीति प्रति नै विरक्तभावप लायो । मुकुन्दलाई अहिले राजनीती छोडेकोमा कुनै पश्चताप छैन ।

काठ व्यापारदेखि सिनेमासम्म

त्यति बेला झापा मोरङ्गमा घना जंगल थिए । काठको व्यापार राम्रो हुन्थ्यो । सरकारी स्वामित्वको टिम्बर कर्पोरेसनले काठको बजार व्यवस्थापन गरेपनि निजी ठेकेदारहरु काठ व्यापारमा निक्कै अग्रसर थिए । मुकुन्दले पनि केही समय काठको व्यापारमा हात हाले । तर त्यसले उनको चित्त बुझेन । काठ व्यापार छोडेर मुकुन्द कल्पनै नगरेको सिनेमा हल चलाउन तिर हाम्फाले । सिनेमा हेर्न शौखि नभएपनि हल नै संचालनको फुट्टो अनुभव थिएन उनलाई । २०४४ सालमा मोरङ्गको उर्लाबारीमा एउटा टुरिङ्ग टाकिज भाडामा लिए । जस्ताले बारेको त्यो हल आँफैमा नमुना थियो । उनको टुरिङ्ग टाकिजको व्यापार विस्तार हुदै गयो ।

झापाको गौरिगन्जमा अर्को सिनेमा हल खोले । काठ व्यापार भन्दा त्यो फाप्यो उनलाई । मुकुन्दलाई त्यतिले चित्त बुझेन, सिनेमा वितरणको(Film Distributor) काम शुरु गरे । त्यसले उनलाई राम्रै गर्यो । सिनेमाका नयाँ नयाँ मानिसहरुसंग भेटघाट भयो । साथीहरु बढे, व्यापार पनि बढ्यो । त्यति मात्र कहाँ हो र ! पुर्वान्चल चलचित्र संघको सभापति भए । सिनेमा निर्माण प्रति उनको हुटहुटी थियो । २०४८ सालमा त्यो पुरा गरे । साथीहरुसंग मिलेर भाउजु भन्ने सिनेमा बनाए । संयुक्त रुपमा मुकुन्दले पाँचवटा सिनेमा बनाए । उनको मिहिनेत र समयले साथ दियो । घाटा भएन, गुमाउनु परेन फाइदैभो । माओवादीआन्दोलन शुरु भएपछि खास गरी स्यानाबजार र गाउँतिरका सिनेमा हलहरु प्रभावित भए । जबर्जस्ती चन्दा असुली र लुटपाटले व्यवसाय चलाउनसक्ने अवस्था रहेन । टुरिङ्ग टाकिजको काम बन्द गरे ।

ढुंगाना दम्पत्ति

प्रेमिल परिवार

विश्व विध्यालयमा मुकुन्दलाई कविता भट्टराईले एउटी साथीले मन पराउने कुरा बताएपछि खुल्दुली भयो । आफुलाई मन पराउने को रहेछ भन्ने थाहा पाएपछि भने उनको मन शान्त भयो । कविताले सिफारिस गरेकी केटी निरजा पौडेलको बोलिचाली मन पर्न थाल्यो । प्रेमिलभावले कुराहरु हुनथाले । तीनवर्ष बिताए उनीहरुले एक अर्कालाई पर्गेल्न । निरजा जस्ती जीवन साथी पाए हुन्छ भन्ने निर्णयमा पुगे । २०४३ सालमा उनीहरुको प्रेम बिबाह भयो ।

निरजा-मुकुन्दका एक छोरा र एक छोरी छन् । छोरी मुग्धा बिबाहपछि अमेरिकाको कोलोराडो बस्छिन्, छोरा भने अहिले क्यालिफोर्नियाको लस एन्जलसमा छन् । छोरा मयंकको बिबाह गरिदिने उनीहरुको इच्छा भने अझै पुरा भैसकेको छैन ।

अमेरिकी सपना

मुकुन्द ढुंगानालाई अमेरिका गएर लामो समय उतै बिताउँछु भन्ने सोच कहिल्यै थिएन । तर सन् २००६ मा छोरो मयंकलाई उच्च शिक्षाको लागि अमेरिका पठाए ।

एकवर्ष पनि नबित्दै छोराको स्वास्थ्यमा देखिएको प्रतिकुलताले बाबु आमालाई पिरोल्यो । बाबु आमाबाट कहिल्यै टाढा नबसेको मयंक अमेरिकामा झण्डै डिप्रेसनको शिकार हुन सक्ने डरले उनीहरु त्यहाँ जानै पर्ने वाध्यता पर्यो । मुकुन्दले पहिला निरजालाई लस एन्जलस पठाए । त्यसको दुइ महिनापछि उनीपनि अमेरिका उडे ।

पुग्न त पुगे लस एन्जलस तर संघर्ष नगरी त्यहाँ बाँच्न पनि त गाह्रो थियो । दाजु शम्भु ढुंगाना त्यहीं थिए । दाजु भाउजुको ठुलो भरथेग भयो उनीहरुलाई । शुरुका दिनहरु निकै कठिन हुन्छन् अमेरिकामा । यताको शैक्षिक सर्टिफिकेटले त्यहाँ काम पाइदैन । मुकुन्द दम्पत्तिले स्टोरमा काम थाले। मुकुन्दले सेभेन इलेभनमा क्लर्कको काम पाए । कहिले ग्रोसरीस्टोर त कहिले ग्यासस्टेसन, उनको व्यस्त जीवन प्रारम्भ भयो ।

नेपालमा बिशौं जनालाई काम लगाएर हाकिम बनेर बिताएको पल र अमेरिकामा स्टोरमा बाह्रबाह्र घण्टा थकित भएर काम गर्दाको तुलना , अहिले सम्झदा मुकुन्दलाई अत्यास लाग्छ भन्छन् । Red Bull energy drink पिएर आफ्नो थकानलाई काबुमा राख्नु पर्ने त्यो समय निक्कै कठिन हुन्थ्यो । कामको थकान र अरु दुख पचाउनु पर्ने वाध्यता थियो । चटक्कै छोडेर नेपाल फर्किउँ जस्तो पनि लाग्थ्यो उनलाई तर छोराछोरीको भविष्य सम्झेरआफ्नो मन बुझाउँथे उनी । समय बित्तैगयो, पत्नी निरजाले पार्लरको ट्रेनिङ्ग लिएर काम शुरु गरिन् । पार्लरको राम्रै अनुभवले आत्मविश्वास बढायो । उनीहरुलेआफ्नै पार्लर खोले ।

निरजा पार्लरका ग्राहकहरुको सेवामा लागिन् भने मुकुन्द त्यसको व्यवस्थापनको जिम्मेदारीमा । त्यसपछि उनीहरुले पछाडि फर्केर हेर्नु परेन । पार्लरले मुकुन्दको आर्थिक र सामाजिक अग्रगमनलाई राम्रो साथ दियो । अरु साथीहरुसंग मिलेर पार्लर थप्दै गए । अहिले त्यहाँ उनीहरु सम्मिलित पाँच वटा पार्लर छन् ।

अन्तरराष्टृय झापाली समाजको अधिवेसनमा मुकुन्द ढुंगाना

समुदाय र सत्कार्य /झापाली विश्व संजाल

पार्लर बिजिनेस शुरु भएपछि मुकुन्दलाई केही फुर्सदिलो भयो । आर्थिक अवस्था पनि मजबुत हुनथाल्यो । क्यालिफोर्नियाको नेपाली समुदायसंग हिमचिम बढ्न थाल्यो । नेपालीहरुलाई अप्ठ्यारो पर्दा साथ र सहयोग पुर्याउनउनी अग्रसर हुनथाले । नेपालबाट आएका नयाँ नेपालीहरुलाई काममा लगाइदिने, विरामी पर्दा अस्पताल पुर्याउने लगायत एसाइलमका लागि आवश्यक सल्लाह र सहयोग गर्न थाले मुकुन्द ।

आफ्नो समुदायप्रतिको उनको लगाव र समर्पण नै थियो क्यालिफोर्नियामा मुकुन्दलाई नेपालीहरुले माया गरे । आफ्नो फुर्सद्को समय सामाजिक कार्यमा खर्चिने मुकुन्द २०१० मा एनआरएन अमेरिकाको बोर्ड मेम्बर बने । लस एन्जलसस्थित पशुपति फाउन्डेसनमा उनको सकृयता उल्लेख्य रह्यो । फलत : २०२१-२३ मा उनले त्यो महत्वपुर्ण संस्थाको अध्यक्ष बन्ने अवसर पाए । ढुंगानाले Friends of Nepal को अध्यक्षको जिम्मेवारी पनि निभाए ।

मुकुन्द अमेरिकामा रहेका नेपाली संस्थाहरुलाई बलियो र सक्षम बनाउने आफ्नो उदेश्य रहेको बताउछन् । अमेरिका मात्रै हैन विश्वभर छरिएर रहेका झापालीलाई संगठित गराएर झापाको आर्थिक , सांस्कृतिक , सामाजिक र शैक्षिक विकासमा सहयोग पुर्याउने लक्ष अनुरुप  झापाली समाजको गठन र उन्नयनमा  उनीसकृयछन् । अहिले मुकुन्द अन्तरराष्टृय झापाली समाजको अध्यक्ष छन् । झापाली समाजलाई नेपाली राजनीतिको प्रभावबाट मुक्त राख्दै झापाको सम्वृध्दि र विकासमा योगदान गर्ने यो समाजको उदेश्य रहेको उनी बताउँ छन् । मुकुन्दको आत्मिक चाहना छ – झापाको विकासमा केही गर्न सकियो भने आफु झापाली भएको सार्थक हुन्छ ।

पशुपति फाउन्डेसनको अगुवाइ गर्दै ढुंगाना

नेपाल नै प्यारो !

मुकुन्दले सत्रवर्ष अमेरिकामा बिताए । छोराछोरीलाई आत्मनिर्भर बनाए । परिश्रम गरे, संघर्षको लामै अनुभव बटुले । आफ्नो समुदायको एकता र उन्नयनमा सहयोगी बने । यतिखेर आफ्नी पत्नी सहित उनी नेपालमा छन् । हाम्रो सम्बादको क्रममा उनी भन्दै थिए -धेरै कुरा सिकायो अमेरिकाले । विकास र सम्वृध्दिको बैभव छ तर पनि मन नेपाल नै भन्छ । अब त उमेरले पनि विश्राम गर भन्छ ।

मैले उनलाई सोधेँ -अब नेपालमा के गर्ने सोच छ ?

मुकुन्दले शालीन जवाफ दिए -अबको बाँकी जिन्दगी नेपालमै बिताउने विचार छ । अब व्यापार व्यवसाय केही नगरी आफुले अमेरिकामा कमाएको पैसा यहीं खर्च गर्ने योजना छ । नेपाल भन्दा राम्रो र प्यारोअरु कहाँ हुन्छ र !

शेयर गर्नुहोस:

891
Shares