मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

नेजाको १७ औं साधारण सभा बोस्टनमा हुने

नेजाको १७ औं साधारण सभा बोस्टनमा हुने


बोस्टन (अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७ औं साधारण सभा अमेरिकाको उत्तर पूर्बी राज्य शहर बोस्टनमा हुने भएको छ ।

नेजाको शनिबार टेक्ससको अस्टिनमा सम्पन्न भौतिक बैठकले साधारण सभा मे २५ र २६ तारिक म्यासाचुसेट राज्यको बोस्टनमा गर्ने निर्णय गरेको हो । नेजाका क्षेत्रीय संयोजक शंकर थापाका अनुसार यस अघि नेजाका गतिविधिहरु निकै कम मात्र भएको बोस्टनमा पहिलो पटक साधारण सभा गर्न लागिएको हो ।

बोस्टन

नेजाको विधान अनुसार साधारण सभाको तीन महिना अगावै स्थान र मिति तोकिसक्नुपर्ने प्रावधान छ । सोही अनुसार बोस्टनमा तोकिएको हो । नेजा उत्तर अमेरिकामा रहेका नेपालीमुलका पत्रकारहरुको संस्था हो ।