मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

एक वर्षमै ‘नेपाल डे’ बिर्सियो समुदायले (भिडियो)

एक वर्षमै ‘नेपाल डे’ बिर्सियो समुदायले (भिडियो)

घोषणा चाहि भव्य, कार्यान्वयनमा किन उदासिन?

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत साल त्यस्तो तामझामपूर्ण कार्यक्रम गरेर यसपाली किन कुनै कार्यक्रम नगरेको भन्ने हिमालय खबरको प्रश्नमा सबै नेपाली संस्थाका प्रतिनिधीहरुले यस विषयमा कुनै कार्यक्रम तय नगरिएको र अन्य प्राथमिकताका कामका कारण ‘नेपाल डे’ मनाउने कुनै कार्यसूची नबनेको भन्दै निहुँ पारेर पन्छिए । फाइल तस्बिर

गत वर्ष फेब्रुअरी १५ का दिन अस्टिनस्थित टेक्ससको क्यापिटल विल्डिङमा ऐतिहासिक समारोहमा हरेक वर्ष फेब्रुअरी १६ लाई ‘नेपाल डे’ का रुपमा मनाउने घोषणा भएको थियो। टेक्सस हाउस अफ रिप्रेन्टेटिभ्सको नियमित शत्र संचालन भइरहेको अवसरमा डिक्स्ट्रिक्ट १०५ की सांसद टेरी मेजाको विशेष प्रस्तावमा हाउसले फेब्रुअरी १६ लाई ‘नेपाल डे’ घोषणाको प्रस्ताव पारित गरेको थियो।

नेपाल अमेरिका मैत्री सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा टेक्सस हाउसबाट फेब्रुअरी १६ लाई नेपाल दिवस घोषणा भएको हो। ड्यालस, ह्युस्टन र अस्टिनका नेपाली समुदायका सयौं प्रतिनिधिहरुले टेक्सस हाउस भित्रै ‘नेपाल डे’ घोषणा भएको अवसरमा सांसद टेरी मेजा र सलमान भोजनीको उपस्थितिमा विशेष समारोह र ऱ्याली समेत आयोजना गरेको थियो। सोही घोषणाको खुसियालाीमा गत वर्ष टेक्ससको संसद भवन अगाडि तामझामका साथ संक्षिप्त परेड गरेको नेपाली समुदायले ‘नेपाल डे’ घोषणा भएको एक वर्ष पुगेको अवसरमा भने यसवर्ष कुनै कार्यक्रम राख्न सकेनन् ।

कुनै औपचारिक कार्यक्रम नभएको मात्र होइन टेक्ससका कुनैपनि संस्थाले एक वर्ष अघिमात्र घोषणा भएको ‘नेपाल डे’को सम्झना समेत गरेनन्। गत वर्ष स्टेट क्यापिटल हिलमा फोटो सेसन गर्न भ्याइ नभ्याइ समुदायका अगुवाहरूसँग यो विषयमा जिज्ञासा राख्दा ‘ए हो र ?’ भनेजस्तो शैली धेरैले देखाए ।

घोषणा कार्यक्रममा सहभागी हुन पुगेका नेप्लिज सोसाइटी अफ टेक्सस (एनएसटी), नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच), ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) तथा गैरआवासीय नेपाली संघ अमेरिकाले यस दिनलाई कहीँ कतै सम्झिएनन्।

गत साल त्यस्तो तामझामपूर्ण कार्यक्रम गरेर यसपाली किन कुनै कार्यक्रम नगरेको भन्ने हिमालय खबरको प्रश्नमा सबै नेपाली संस्थाका प्रतिनिधीहरुले यस विषयमा कुनै कार्यक्रम तय नगरिएको र अन्य प्राथमिकताका कामका कारण ‘नेपाल डे’ मनाउने कुनै कार्यसूची नबनेको भन्दै निहुँ पारेर पन्छिए ।

‘नेपाल डे’ घोषणा गराउन निकै लागि परेका ड्यालसका सामाजिक अभियन्ता प्रभात दिक्षित आज नेपाल डे मनाउने कुनै कार्यक्रम नभएकोमा निकै बेखुसी देखिए। दीक्षित स्वयम् पनि विगत केही महिनादेखि नेपालमै छन् । तर घोषणा भएको एक वर्ष पुग्दा नै नेपाली समुदायका अगुवाहरुले समुदायको पहिचान र अस्तित्वको लागि निकै महत्वपूर्ण ठानिएको कार्यक्रम नै बिर्सिए। “अस्टिन, ड्यालस र ह्यस्टनका कुनै न कुनै संस्थाले सानैस्तरमा भएपनि एउटा सार्वजनिक कार्यक्रम गर्नै पर्थ्यो, यस मामिलामा टेक्ससको नेपाली समुदाय चुकेकै हो”, दीक्षिततले हिमायल खबरलाई भने।

प्रचारमा आइहाल्न वा तत्काल कुनै सामाजिक/राजनीतिक प्रकृतिको पद पाउन फाइदा हुने अपेक्षाले गतसाल ‘नेपाल डे’ घोषणामा सहभागी भएकाहरुले पनि आजको दिनलाई सम्झेनन्। टेक्सस भन्दा बाहिर हुने नेपाल डे परेडमा भ्याई-नभ्याई पुग्ने टेक्ससको नेपाली समुदायका प्रतिनिधीहरु आफैं समेत संलग्न भएर घोषणा गरेको ‘नेपाल डे’ मनाउन भने अग्रसर नहुनुलाइ लापरवाही या गैर जिम्मेवारीको पराकाष्टाका रूपमा समुदायका सदस्यहरूले लिएका छन् ।

गत साल त्यस्तो तामझामपूर्ण कार्यक्रम गरेर यसपाली किन कुनै कार्यक्रम नगरेको भन्ने हिमालय खबरको प्रश्नमा सबै नेपाली संस्थाका प्रतिनिधीहरुले यस विषयमा कुनै कार्यक्रम तय नगरिएको र अन्य प्राथमिकताका कामका कारण ‘नेपाल डे’ मनाउने कुनै कार्यसूची नबनेको भन्दै निहुँ पारेर पन्छिए । फाइल तस्बिर

यो वर्ष नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७६ वर्ष पुरा भएको छ। सन् १९४७ को अप्रिल २५ का दिन नेपाल र अमेरिकाबीच वाणिज्य तथा मैत्री सम्बन्ध स्थापना भएको थियो भने सन् १९४८ फेब्रुअरी ३ दिन अमेरिकी विदेश विभागले (विदेश मन्त्रालय) राजदूतस्तरमा कुटनीतिज्ञहरुको आदान-प्रदान गर्ने घोषणा गरेको थियो । सोही बमोजिम बेलायतका लागि नेपाली राजदूत केशर शम्सेर जबराले अमेरिकाको लागि समेत नेपाली राजदूतको हैसियतमा १९४८ फेब्रुअरी १९ दिन वासिङ्गटन डिसीमा राष्ट्रपति ह्यारी टुम्यान समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र बुझाएका थिए भने भने सोही वर्षको मे ३ का दिन भारतका लागि अमेरिकी राजदूत हेनरी एफ. ग्र्याडीले नेपालको लागि समेत अमेरिकी राजदूतको हैसियतमा राजा त्रिभुवन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए ।

यसरी वाणिज्य तथा मैत्री सम्झौतामा हस्ताक्षर भएको एक वर्ष पछि कुटनैतिकस्तरमा समेत नेपाल-अमेरिकाबीच सम्बन्ध कायम हुन सक्यो। राजदूतहरुको आदान-प्रदानबाट कुटनैतिक सम्बन्ध शुरु भएको १० वर्ष पछि नेपाल सरकारले १९५८ को फेब्रुअरी ३ का दिन वालिङ्गटन डिसीमा नेपाली राजदूतावास खोलेको हो भने लगत्तै अर्को वर्ष १९५९ को अगष्ट ६ का दिन नेपालमा पनि संयुक्त राज्य अमेरिकाको दूतावास नेपालमा खुलेको हो।

नेपाली भाषा, धर्म, संस्कृतिको जगेर्ना/संवर्द्धनका लागि अग्रसर भइरहेका नेपालीहरुले समुदायलाई थप सक्रिय र एकताबद्ध बनाउन भन्दै नेपालीहरुको बाहुल्यता भएको सबै अमेरिकी शहरहरुमा नेपालीहरुको आफ्नै मन्दिर र सामुदायिक भवन बनाइरहेका छन् । यसरी मन्दिर र सामुदायिक भवनबाट सामाजिक एकता र सद्भावका लागि सक्रिय नेपाली समुदायले आफैंले अग्रसरता देखाएर टेक्ससका सांसदहरुको सहयोगमा घोषित ‘नेपाल डे’लाई समेत एउटा उत्सवको रुपमा मनाउने परम्परा थालनी गरुन्! यस्ता नेपाली उत्सवहरुले नेपाल र नेपालीहरुलाई अमेरिकी मुलधारमा परिचित हुन अझ सघाउ पुऱ्याउने छ।