मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

सिएनएसको हिउँदे पिकनिक

सिएनएसको हिउँदे पिकनिक

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (टेक्सस)- सृजनशील नेपाली समाज (सिएनएस) ले गत आइतवार, जनवरी २८ का दिन आफ्नै बहुउद्देशीय सामुदायिक केन्द्र निर्माणस्थलमा बृहत हिँउँदे- पिकनिक आयोजना गरेको छ।

गतसाल सिएनएसले स्थानीय नेपाली समुदायको सहयोगमा करिब ६ एकड जमिन किनेको थियो। बृहत्तर ह्युस्टनमा बसोबास गर्ने सयौंको संख्यामा आएका नेपालीहरुबीच नयाँ वर्ष २०२४ को शुभकामना साटासाट र आपसी सद्भाव बढाउने उद्देश्यले पिकनिक कार्यक्रमको आयोजना गरिएको सिनएसका पदाधिकारीहरुले बताएकाछन्।

पिकनिकसंगसंगै सिएनएसले केही महिना पहिले आयोजना गरेको भलिबल तथा क्रिकेट प्रतियोगिताका विजयी तथा उपविजेता टिम र खेलाडीहरुलाई मेडल, ट्रफी एवं नगद पुरस्कार समेत वितरण गरिएको थियो। सिएनएसका अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षता भएको सो पुरस्कार वितरण समारोहको संचालन पूर्व अध्यक्ष गंगा शर्माले गरेका थिए भने संस्थाकी उपाध्यक्ष अन्जु अर्यालले सबै सहभागी र अतिथिहरुलाई स्वागत गरेकी थिइन्।

भलिबल प्रतियोगितामा प्रथम भएको आलियना भलिबल क्लबलाई ट्रफी, प्रमाण पत्र एवं आठ सय डलर नगद पुरस्कार प्रदान गरिएको थियो भने बिजेता खेलाडीहरुलाई स्वर्ण पदक प्रदान गरिएको थियो। यसैगरि उपविजेता टोली वेको भलिबल क्लबलाई नगद ६ सय डलर सहित ट्रफी र खोलाडीहरुलाई रजत पदक प्रदान गरिएको थियो। खेल भावना र सामुदायिक एकताका लागि वेको नेपाली समुदायको एउटा टोली मिनीबस नै लिएर कार्यक्रमस्थल आइपुगेको थियो।

तस्बिरः श्रीकृष्ण गौतम, वेको नेपाली सोसाइटी

यसैगरी क्रिकेट प्रतियोगितामा प्रथम र द्धितीय हुने टिम र खेलाडीहरुलाई पनि ट्रफी, मेडल एवं नगद पुरस्कारले सम्मान गरिएको थियो। क्रिकेट प्रतियोगितामा प्रथम हुने टिम कोब्राले नगद आठ सय डलर सहित ट्रफी र स्वर्ण पदक पाएको थियो भने उपबिजेता टोली नेप्लिज क्रिकेट क्लबले नगद ६ सय डलर, ट्रफी र रजत पदक ( सिल्भर मेडल) प्राप्त गरेको थियो। क्रिकेट प्रतियोगितामा ‘प्लेयर अफ द टुर्नामेण्ट’ अलराउण्डर निशान पाण्डेलाई प्रोत्साहन स्वरुप नगद पाँचसय डलर पुरस्कार क्रिकेट म्याचका संयोजक यादव गौतमको सौजन्यमा प्रदान गरिएको थियो। पाण्डेले प्रतियोगिता कै एक मात्र सेन्चुरी बनाएका थिए। उनले ३२ बलमा १०० रन बनाएका थिए भने बलरका हैसियतमा छ विकेट समेत लिएका थिए। सीएनएसका संस्थापक अध्यक्ष उमापति भुसालले खेडाडीहरुलाई ट्रफी र मेडल प्रदान गरेका थिए।

कार्क्रममा सिएनएसको बहुउद्धेश्यी सामुदायिक केन्द्र परियोजनालाई सहयोग गर्ने सबै चन्दादाताहरुलाई धन्यवाद सहित प्रमाण पत्र प्रदान गरिएको थियो। सो परियोजनाका लागि २५ हजार डलर सहयोग गर्ने ह्युस्टनका व्यवसायी एवं समाजसेवी ज्ञानेश्वर श्रेष्छ सहित २० हजार डलर सहसयोग गर्ने अन्य व्यवसायी एवं समाजसेवीहरु घनश्याम अर्याल, सुवास पौडेल, बालकृष्ण बानियाँ, विष्णु पाठक र देव भुसाललाई  विशेष आभार एवं प्रमाण पत्र प्रदान गरिएको थियो। परियोजना संयोजक घनश्याम अर्यालले चन्दादाताहरुलाई प्रमाण पत्र सहित धन्यवाद ज्ञापन गरेका थिए।

तस्बिरः श्रीकृष्ण गौतम, वेको नेपाली सोसाइटी

पुरस्कार वितरण समारोहमा नेप्लिज एशेसियसन अफ ह्युस्टन (एनएएच) का अध्यक्ष रविन श्रेष्ठ, ग्रेटर ह्युस्टन नेप्लिज च्याम्बर अफ कमर्शका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाज ह्युस्टनका अध्यक्ष सतिश त्रिपाठी, गुल्मी समाजका सचिव हरि न्यौपाने, नेप्लिज हेरिटेज युनियनका उपाध्यक्ष रमा भट्टराई, वेको नेपाली सोसाइटीका अध्यक्ष प्रकाश ज्ञवाली र नेपाल अमेरिका पत्रकार संघ (नेजा)का उपाध्यक्ष सुजन पण्डितले सिएनएसको सामुदायिक केन्द्र परियोजनाको सफलताको शुभकामना सहित सक्दो सहयोगको वचन दिएका थिए। प्रवासमा नेपालीहरुलाई एकताको सुत्रमा बाँध्न यस्ता सामुदायिक केन्द्रहरुको निकै ठूलो भूमिका हुने वक्ताहरुले बताएका थिए।

“आफन्त र साथीभाइहरुको साथमा नेपाली मौलिक परिकारहरु—खिचडी र मासको फुलौरा खाँदै आफ्नै भाषामा मनमौजी पाराले गफिनुको मज्जा बयान गर्न सकिंदैन”, सिनएसको पिकनिक स्थलमा भेटिएका एक सहभागीले हिमालय खबरलाई सुनाए।

तस्बिरः श्रीकृष्ण गौतम, वेको नेपाली सोसाइटी र सिएनएस