मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

प्रवासी नेपालीहरुद्वारा अमेरिकामा ‘अर्जेन्ट कियर क्लिनिक’ सञ्चालको तयारी

प्रवासी नेपालीहरुद्वारा अमेरिकामा ‘अर्जेन्ट कियर क्लिनिक’ सञ्चालको तयारी


प्रवासी नेपालीहरुको लगानी तथा व्यवस्थापनमा अमेरिकाको मासाच्युसेट्स राज्यमा अर्जेन्ट कियर क्लिनिक(Urgent Care Clinic) सञ्चालनमा आउने भएको छ। अमेरिकाको ऐतिहासिक सहर बोस्टन नजिकै नरउड सिटी( Norwood City)को 956 Boston Providence Tpke
Norwood, MA-02062 मा अवस्थित यस अर्जेन्ट कियर क्लिनिक(Urgent Care Clinic)ले प्राथमिक स्वास्थ्य सेवामा केन्द्रित रहेर आफ्ना स्वास्थ्य सेवाहरु उपलब्ध गराउन लागेको हो। नरउड सिटी तथा आसपासका क्षेत्रहरुमा बसोवास गर्ने बासिन्दाहरुलाई गुणस्तरीय तत्काल हेरचाह(Urgent Care)स्वास्थ्य सेवाहरु उपलब्ध गराउने मुख्य उद्देश्यले उक्त क्लिनिक सञ्चालनमा ल्याउन लागिएको क्लिनिक सञ्चालकले जनाएको छ।

लक्षित सेवाग्राहीहरुलाई आफ्ना स्वास्थ्य सेवाहरु यथासिघ्र उपलब्ध गराउन अहोरात्र खटिरहेको व्यवस्थापनले, क्लिनिक सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। व्यवस्थापनले जनाए अनुसार भाडामा लिइएको भवनको संरचना भित्र र बाहिर आवश्यकता अनुसारको संरचना बनाउने र आवश्यक उपकरणहरु जोड्ने कामहरु तिब्र गतिमा भइरहेका छन्। यस सम्बन्धमा क्लिनिक सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत(Chief Executive Officer-CEO) सुशिल पौडेलले जानकारी दिए अनुसार उक्त स्वास्थ्य सेवा केन्द्रले यही आउदो मार्च महिनाको अन्तिम साताबाट आफ्ना सेवाहरु प्रदान गर्न सुरु गर्ने लक्ष्य राखेको छ। तयारीका बारेमा जानकारी दिदै उनले भने, ‘तयारी लगभग अन्तिम चरणमा पुगेको छ। मार्च महिनाको अन्तिम साताबाट सेवाहरु प्रदान गर्न सुरु गर्ने लक्ष्य छ। सोही अनुरुप तयारीलाई तिब्रता दिइरहेका छौं।’ नरउडन सिटी तथा त्यसको आसपासका क्षेत्रहरुमा प्रवासी नेपाली तथा नेपाली भाषीको बढी बसोवास भएकाले, उनीहरु उक्त स्वास्थ्य सेवा केन्द्रबाट बढी लाभान्वित हुने पौडेलले विश्वास व्यक्त गरे। उनले भने, ‘ स्वास्थ्य सेवा प्रदान गर्न लागिएको स्थान नरउड सिटी (Norwood City) तथा त्यसको वरपर नेपाली भाषीहरुको बढी बसोवास भएकाले यस अर्जेन्ट कियर क्लिनिकबाट उनीहरु बढी लाभान्वित हुने विश्वास छ।’

अन्य क्षेत्रहरुमा अमेरिकामा रहेका नेपालीहरुले नेपाली समुदायलाई धेरथोर सेवाहरु उपलब्ध गराइरहेको भएतापनि, स्वास्थ्य क्षेत्रमा भने निकै कम रहेको जनाउदै प्रमुख कार्यकारी पौडेलले स्वास्थ्य सेवामार्फत समुदायलाई सक्दो टेवा पुर्याउन आफूहरु निकै उत्प्रेरित र उत्साहित रहेको बताए। सेवाग्राहीहरुलाई गुणस्तरीय सेवाहरु प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको जनाउदै उनले आवश्यक गुणस्तरीय स्वास्थ्य सेवाहरु लिएर सेवा गर्ने अवसर दिन नेपाली समुदायलाई अनुरोधसमेत गरेका छन्।

सञ्चालनमा ल्याउन लागिएको उक्त अर्जेन्ट कियर क्लिनिक(Urgent Care Clinic), स्वास्थ्य, व्यवस्थापन र व्यापार क्षेत्रमा सक्रिय प्रवासी नेपालीहरुले मिलेर खोलेको एक कम्पनीले सञ्चालन गर्न लागेको हो। जसको स्थापना सन् २०२२ मा भएको थियो। सन् २०२३ भित्र नै आफ्ना सेवाहरु सेवाग्राहीहरुलाई प्रदान गर्न सुरु गर्ने लक्ष्यका साथ तयारी गरिएको भएतापनि, विविध कारणले केही समय ढिलाइ भएको सञ्चालकहरुले जनाएका छन्। कम्पनीले अमेरिकामा स्वास्थ्य क्षेत्रमा स्थापित अमेरिकन फेमिली केयर(American Family Care-AFC) को फ्रेन्चाइज्ड(Franchised)लिएर अर्जेन्ट कियर क्लिनिक(Urgent Care Clinic)सञ्चान गर्न लागेको हो। निकट भविश्यमै अमेरिकाको बोस्टन सहर निटक रहेको अर्को राज्य न्यू हेम्पसारमा पनि आफ्नो सेवा विस्तार गर्ने गरी आवश्यक कामहरु सुरु गरिसकेको छ।