मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

बोस्टनमा रक्तदान कार्यक्रमको आयोजना गरिने

बोस्टनमा रक्तदान कार्यक्रमको आयोजना गरिने


अमेरिकाको बोस्टन सहरमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ। कार्यक्रम ब्लड डोनर्स अफ अमेरिका( BDA), मासाच्युसेट्स च्याप्टरले, मासाच्युसेट्स जनरल हस्पिटलको प्राविधिक सहयोगमा आयोजना गर्न लागेको हो। ‘रक्तदान,जीवन दान’ भन्ने कथनलाई आत्मसात् गर्दै यही आउदो जनवरी २० तारिख शनिवारका दिन 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिर रहेको सामुदायिक भवनमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रम आयोजक संस्था बिडिए(BDA), मासाच्युसेट्स च्याप्टरका अध्यक्ष राम थापाले कार्यक्रमको आवश्यक तयारी भइरहेको जानकारी दिए। रक्तदान अमूल्य जीवनदान भएको जिकिर गर्दै अध्यक्ष थापाले जीवन रक्षाका लागि आवश्यक पर्नेहरुलाई संकलित रगत उपलब्ध गराउने उद्देश्यले उक्त परोपकारी रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताए। उक्त रक्तदानबाट लगभग ६० पोउण्ड रगत संकल हुने अपेक्षा गर्दै कार्यक्रममा सहभागी भएर रक्तदान गरिदिन अध्यक्ष थापाले सबै न्यू इंग्ल्याण्डवासी प्रवासी नेपालीहरुलाई अनुरोध गरेका छन्। उक्त रक्तदान कार्यक्रमका लागि नाम दर्ता खुला गरिसकिएको जानकारी गराउदै उनले रक्तदान गर्न इच्छुकहरुलाई आफ्नो नाम यथासिघ्र दर्ता गराउन अनुरोधसमेत गरेका छन्। रक्तदान कार्यक्रम बिहार ९ बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालन हुने भएकाले, उक्त समय अवधिभित्र इच्छुक रक्तदाताहरुले आफ्नो अनुकूल समयमा कार्यक्रम स्थलमा पुगी रक्तदान गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

रगत दानमार्फत मानिसहरुको जीवन बचाउने ध्येयले सन् २००९ मा स्थापना भएको मुनाफारहित यस संस्था बिडिए(BDA)ले, आफ्नो स्थापना कालदेखि नै अमेरिकाको विभिन्न राज्यहरुमा रक्तदान बारे जनचेतना जगाउने, रगत संकलन गर्ने तथा अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको आयोजना गर्ने जस्ता क्रियाकलापहरु गरी, संस्थाको परोपकारी अभियानलाई निरन्तरता दिदै आइरहेको छ। यसै क्रममा, गत अक्टोबर ११, २०२३ मा ब्लड ड्राइभ (Blood Drive) अभियानका अभियान्ता राम थापाको नेतृत्वमा गठित मासाच्युसेट्स च्याप्टरले, संस्थाको मुख्य ध्येय अनुसार रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो।