मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   
मनोरञ्जन   

अमेरिकाको बोस्टन सहरमा ‘तमु ल्होसार’ मनाउने तयारी

अमेरिकाको बोस्टन सहरमा ‘तमु ल्होसार’ मनाउने तयारी


अमेरिकाको न्यू इंग्ल्याण्ड क्षेत्रमा रहेका गुरुङ समुदायले आफ्नो जाति विशेषको नयाँ वर्ष ‘तमु ल्होसार’ सामुहिक रुपमा मनाउने भएको छ। विगतमा झै यस वर्ष पनि ‘ ल्लोसार’ लाई विशेष चाडका रुपमा भव्यताका साथ मनाउन बोस्टन स्थित गुरुङ समुदायको संस्था ‘बोस्टन तमु समाज’ले आवश्यक तयारी गरेको छ। संस्थाले दिएको जानकारी अनुसार ‘२२औं बोस्टन तमु ल्होसार’ यही आउदो डिसेम्बर २९ तारिख सुक्रवारका दिन, 400 Cardinal Medeiros Avenue, Cambridge स्थित Saint Anthony Parish Hall मा विशेष सांगीतिक कार्यक्रमको आयोजना गरी मनाइने तयारी गरेको हो। त्यसका लागि आवश्यक तयारी द्रुत गतिमा भइरहेको कार्यक्रम आयोजक संस्था बोस्टन तमु समाजका उपाध्यक्ष रोबिन गुरुङले जानकारी दिए। उनले भने, ‘कार्यक्रमको तयारी द्रुत गतिमा भइरहेको छ। कार्यक्रमलाई भव्य रुपमा मनाउन हामी तयारीमा जुटिरहेका छौं। तयारी लगभग अन्तिम चरणमा पुगेको छ।’ उपाध्यक्ष गुरुङका अनुसार कार्यक्रमको आयोजक बोस्टन तमु समाज भएतापनि अन्य जातिका समुदायहरुले पनि कार्यक्रममा आफ्नो सामुदायिक पहिचानसहित सक्रिय सहभागीता जनाउने तयारी गरिरहेका छन्। गुरुङ जातिको भाषा, भेषभुषा, पहिचान, धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने, एकताबद्ध हुने, अन्य नेपाली जातजातिहरुलाई पनि एकाकार गर्दै एकताको सन्देश दिने र एकआपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ चाड मनाउने कार्यक्रमको मुख्य उद्देश रहेको उपाध्यक्ष गुरुङले प्रस्ट्याए। उनले कार्यक्रममा सहभागिताका लागि सबैलाई निम्तो दिदै भने ,’यो कार्यक्रम बोस्टन तमु समाजले आयोजना गरेको भएतापनि, सम्पूर्ण न्यू इंग्ल्याण्डवासी प्रवासी नेपालीहरुको पहिचान र एकता प्रदर्शन गर्दै हर्षोल्लासका साथ ल्होसार मनाउने कार्यक्रम हो। त्यसैले, कार्यक्रममा सहभागी भइ दिन गुरुङ समुदायलगायत अन्य जातजातिका समुदाय तथा बोस्टनवासी प्रवासी नेपालीहरुलाई अनुरोध गर्दछौं।’

आयोजकका अनुसार कार्यक्रममा, नेपालीपन र पहिचान झल्किने गरी विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनुका साथै नेपाली स्वादका विभिन्न स्वादिष्ट परिकारहरुको पनि व्यवस्था गरिने भएको छ। उक्त विविध सांस्कृतिक कार्यक्रममा पछिल्लो समय युवाहरुको माझमा निकै लोकप्रीय बन्दै गएकी उदयमान कलाकार तृष्णा गुरुङको विशेष प्रस्तुति रहने भएको छ। रचना, गायन तथा संगीत विधामा राम्रो दखल भएकी र भ्वाइस् अफ नेपाल, सिजन-३ मा निर्णायकको महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी गायिका गुरुङले पछिल्लो समय नेपाली युवा पुस्ताको मन जित्न सफल भइरहेकी छन्। उनका माया पिरती…, गाइने दाइ…, खानी हो यामु…, ए है…तिम्रो नाम लेखें जाली रुमाल मै…लगायत गीतहरु निकै लोकप्रीय रहेका छन्। कार्यक्रममा गायिका गुरुङले प्रस्तुति दिने भएपछि उनका फ्यानहरु निकै उत्साहित हुदै उनीसंगै साक्षात्कार गरेर गाउदै नाच्दै रमाउन आतुर भइरहेका छन्। आयोजकका अनुसार, उनीसंगै अन्य विभिन्न जातजातिका स्थानीय कलाकारहरुले पनि नेपाली तथा आफ्नो जातीय पहिचानसहित आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्ने तयारी गरिरहेका छन्। ४ सय हाराहारी सहभागीहरु रहने अनुमान गरिएको उक्त कार्यक्रममा, सहभागिताका लागि आयोजकले दश वर्ष माथिकाका लागि प्रवेश शुल्क स्वरुप प्रति व्यक्ति ४५ डलरको प्रवेश टिकट बिक्री गरिरहेको छ भने, प्रवासी नेपालीहरु आबध्द स्थानीय विभिन्न संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुलाई आतिथ्यताका लागि निम्तो गरिसकेको छ।

चाइनिज पात्रो अनुसार १२ वर्षलाई एउटा चक्र मानेर हरेक वर्ष १२ वटा छुट्टा छुट्टै जनावरहरुका आधारमा नाम राख्ने गरिन्छ। तिब्बती बौद्धमार्गीहरुले वर्ष दिन भरी तमु या तालो ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार गरी तिन प्रकारको ल्होसार मनाउने गरेको पाइन्छ। जो नेपालमा पनि प्रचलित छ। यस पटक गुरुङ समुदायले ‘हि ल्हो'(बिरालो वर्ग) वर्षलाई बिदाइ गर्दै ‘मुप्र्ही ल्हो'(गिद्ध वर्ग) नयाँ वर्षको स्वागत गर्दैछन्। नेपालमा यही आउदो पौष १५ गते अर्थात डिसेम्बर ३१ तारिख आइतवारका दिन ‘तमु ल्होसार’ परेको छ।