अमेरिका — सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को नयाँ कमेडी सिरियल ‘म त मर्छु कि क्या हो’ को दोस्रो एपिसोड सार्वजनिक भएको छ।
नर्थ क्यारोलिनाको राले क्षेत्रलाई आधार बनाएर निर्माण गरिएको सिरियलको पहिलो भागले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको सीताराम कट्टेल ‘धुर्मुस’ले हिमालय खबरलाई बताएका छन्।
लामो समयपछि हास्य कलाकारितामा फर्किएका धुर्मुस–सुन्तलीको यो प्रयासले नेपाली दर्शकमा उत्साह थपेको छ।
प्रवासी नेपाली समुदायको जीवनशैली र परिवेशलाई समेटिएको सिरियल प्रत्येक शुक्रबार धुर्मुस–सुन्तली युट्युब च्यानलमार्फत सार्वजनिक हुँदैछ। एपिसोड–२ मा पनि दर्शकले हास्य, मनोरञ्जन र प्रवासी जीवनका विभिन्न पक्षको मिश्रण हेर्न पाउनेछन्।












प्रतिक्रिया