मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
बोस्टन   

हिमालयन हाइवेले कामाण्डौंमा सांगीतिक कार्यक्रम ‘द काठमाण्डु ब्लुग्रास फेस्ट’ गर्दै

हिमालयन हाइवेले कामाण्डौंमा सांगीतिक कार्यक्रम ‘द काठमाण्डु ब्लुग्रास फेस्ट’ गर्दै


नेपालको राजधानी काठमाडौंमा नेपाली तथा अमेरिकन लोक संगीतको क्षेत्रमा उदयमान ‘हिमालयन हाइवे’ ब्याण्डले सांगीतिक कार्यक्रम ‘द काठमाण्डु ब्लुग्रास फेस्ट’को आयोजना गर्ने भएको छ। नेपाली लोक संगीत र अमेरिकन लोक संगीत क्षेत्रमा क्रियाशिल कलाकारहरु आबद्ध ‘हिमालयन हाइवे’को प्रस्तुतिमा हुने उक्त सांगीतिक कार्यक्रम, यही आउदो मंसिर २१ गते अर्थात डिसेम्बर ७ तारिख बिहिवार साँझ काठमाण्डौंको झम्सिखेल स्थित ‘मोक्ष'(Moksha)मा हुने भएको छ। कार्यक्रमको बारेमा जानकारी दिदै ‘हिमालयन हाइवे’ ब्याण्डकी सदस्य अमेरिकाको बोस्टन सहर निवासी जोइ लेभिट(Zoe levitt)ले कार्यक्रमको आवश्यक तयारी पुरा भइसकेको जानकारी दिइन्। जेभिटका अनुसार सांगीतिक कार्यक्रमका लागि अमेरिकाबाट ९ जनाको टोली नेपाल पुगिसकेको छ। उक्त कार्यक्रमका कारण आफू र आफ्नो टिम निकै उत्साहित भइरहेको उनले बताइन्। उक्त कार्यक्रम सफल बनाउन आयोजक र कलाकारहरुले निकै मेहनत गरिरहेको जानकारी दिदै लेभिटले कार्यक्रममा संगीत प्रेमीहरुको उल्लेखनीय साथ, सहयोग र सहभागिता रहने र कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको बताइन्।

नेपाली लोक संगीत र अमेरिकन लोक संगीतका बिच सुमधुर सम्बन्ध स्थापित गर्ने, दुबै देश(नेपाल र अमेरिका) का लोक संगीतहरुको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने र दर्शक श्रोताहरुलाई भरपूर मनोरञ्जन दिने कार्यक्रमको मुख्य उद्देश्यहरु रहेको आयोजकले जनाएको छ। उक्त कार्यक्रममा द ब्लुग्रास जर्नीमेन(अमेरिका), द ग्र्यासी स्ट्रिङ्स(इन्डिया), द केटिएम ब्लुग्रास युनिट(अमेरिका) र हिमालय हाइवे(नेपाल/अमेरिका)मा आवद्ध रहेर सांगीतिक यात्रा गरिरहेका उदयमान कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ। कलाकारहरुले पुराना नेपाली तथा अमेरिकन लोक गीत तथा संगीतहरुलाई संयोजन गर्दै परिवर्तित समयमा युवा पुस्ताहरुको चाहना अनुसार परिस्कृत गरेर सृजना गरिएका नयाँ गीत तथा संगीतहरु कार्यक्रममा पस्किने तयारी गरिरहेका छन्। आयोजकले कार्यक्रममा सहभागिताका लागि १ हजार नेपाली रुपैयाँ पर्ने प्रेवश टिकट बिक्रीका लागि खुला गरिसकेको छ।

‘हिमालयन हाइवे’ गीत संगीतको माध्यमबाट नेपाल र अमेरिका, नेपाली र अमेरिकनहरुका बिच सुमधुर सम्बन्ध स्थापित गर्ने, नेपाली लोक संगीत र अमेरिकन लोक संगीतलाई संयोजन गरेर परिस्कृत संगीतको सृजना गर्ने, नेपाली तथा अमेरिकन गीग संगीतको संरक्षण, सम्वर्धन र प्रवर्धनमा सक्दो भूमिका निभाउने र संगीत प्रेमीहरुलाई मनोरञ्जन दिलाउने मुख्य उद्देश्यहरु राखेर जन्मिएको सांगीतिक व्याण्ड हो। जो यतिबेला नेपाली लोक बाद्यबादन र अमेरिकन बाद्यबादनहरुका धुनहरुलाई संयोजन गरेर परिस्कृत पृथक सांगीतिक स्वाद पस्किने ब्याण्डका रुपमा आफूलाई स्थापित गराउन क्रियाशिल भइरहेको छ। जुन व्याण्डमा अमेरिकाको ऐतिहासिक सहर बोस्टन स्थित ब्लुग्रासमा आबद्ध मान्डोलिन(Mandolin) वादक जोइ लेभिट(Zoe Levitt), नेपालका सारङ्गी वादक प्रिन्स नेपाली, गितार वादक अनिष तामाङ र युसन महर्जन आबद्ध रहेका छन्। हिमालयन हाइवेले अमेरिकाको बिभन्न सहरहरुमा चर्चित सारङ्गी वादक श्याम नेपाली, तबला वादक प्रमोद उपाध्याय, गीतार वादक एलेक्स फर्मेन्टोलगायत कलाकारहरुसंग मिली आफ्ना नविनतम् सृजनाहरु पस्किएर संगीत पारखीहरुको मन जित्न सफल भइसकेको छ भने, नेपालमा पनि आफ्नो लाइभ सांगीतिक कार्यक्रम गर्ने अभियानलाई तिब्रता दिदैछ।

यसैक्रममा, गत नोभेम्बर महिनामा किर्तिपुर स्थित उमा महेश्वर मन्दिरको प्राङ्गणमा ब्लुग्रास र अन्य नेपाली कलाकारहरुसंग मिलेर खुला सांगीतिक कार्यक्रम गरेको थियो भने, नेपालको पश्चिम क्षेत्रमा हालसालै गएको भूकम्पमा परेकाहरुलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले कुटुम्बसंगको सहकार्यमा पाटन म्युजियममा सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो। यि कार्यक्रममा पस्किएका परिस्कृत नयाँ स्वादका सांगीतिक कोसेलीहरुले संगीत प्रेमीहरुको मन जित्न सफल भएको र त्यसले निकै उत्साहित र उत्प्रेरित गराउदै थप सक्रिय रहन उर्जा मिलेको प्रतिक्रिया ‘हिमालयन हाइवे’ दिएको छ। निकट भविश्यमै सृजना गरिएका नेपाली र अमेरिकन फ्युजन सांगीतिक कोशेलीहरु लिएर विश्व भ्रमणमा निस्कने तयारीमा रहेको व्याण्डले जनाएको छ।