मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रेम रावतको ‘एकै स्थानमा एउटै सम्बोधनमा सबैभन्दा बढी सहभागिता’ का लागि नयाँ विश्व रेकर्ड

प्रेम रावतको ‘एकै स्थानमा एउटै सम्बोधनमा सबैभन्दा बढी सहभागिता’ का लागि नयाँ विश्व रेकर्ड

एउटै सभामा तीन लाख ७५ हजार ६०३ जना दर्शक उपस्थित

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गया, भारत । विश्व प्रसिद्ध शिक्षाविद्, सर्वाधिक बिक्री भएको पुस्तकका लेखक, मानवतावादीका साथै दुईवटा गिनिज विश्व रेकर्ड बनाउने विश्व शान्तिदूत प्रेम रावतले २६ नोभेम्बरमा ‘जीवनको मूल्यसम्बन्धी बुझाइ–आफूले आफैँलाई चिन्नु’ भन्ने विषयमा गरेको सम्बोधनका क्रममा नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।

बोधगयाको औरा गाउँस्थित अन्नपूर्णा राइस मिलनजिकै राजविद्या केन्द्रद्वारा आयोजित विश्वको सबैभन्दा ठूलो उपस्थितिको सभामा तीन लाख ७५ हजार ६०३ जना दर्शक उपस्थित थिए । उनले ‘एकै स्थानमा एउटै सम्बोधनमा सबैभन्दा बढी सहभागिता’ का लागि एउटा नयाँ विश्व रेकर्ड स्थापित गरेका छन् ।

प्रेम रावत मानिसहरूलाई सम्बोधनका लागि भारतको गया पुगेका थिए । उनले एक घन्टा बढी समयको सम्बोधन गरेका थिए । प्रेम रावतको रेकर्डलाई गिनिज विश्व रेकर्डका निर्णायक स्वप्निल डङ्गरिकर तथा प्रवीण पटेल र विषयवस्तु विशेषज्ञको उपस्थितिमा मञ्चबाट स्वीकार गरिएको थियो ।

गिनिज विश्व रेकर्ड टिमले यसलाई “एउटै सम्बोधनमा सबैभन्दा बढी उपस्थिति” को रेकर्डका रूपमा दर्ता गरेको छ । यसबाट आधिकारिक रूपमा भारतको बिहारस्थित गया सहरमा ३ लाख ७५ हजार ६०३ जना मानिसले सुनेको एउटा नयाँ विश्व कीर्तिमान स्थापित भएको हो ।

उनले आफ्नो सम्बोधनका क्रममा ‘आज हामी बाँचिरहेको यो संसारमा आफूले आफूलाई चिन्नुको महत्त्व’ का बारेमा प्रकाश पारेका थिए । अन्य कुनै चीजभन्दा पनि आफूले आफूलाई चिन्नुको महत्त्व बढी भएको कुरा बताउँदै उनले भने, “आफूले आफूलाई चिन्नुहोस् । अज्ञानताले भ्रम उत्पन्न गर्छ तर ज्ञानले सन्तोष र सन्तुष्टिको भावनालाई जागृत तुल्याउँछ ।”

को हुन् प्रेम रावत ?

प्रेम रावत एक विश्व प्रसिद्ध शिक्षाविद्, सर्वाधिक बिक्री भएको पुस्तकका लेखक, मानवतावादीका साथै दुईवटा गिनिज विश्व रेकर्ड बनाउने एक विशिष्ट व्यक्तित्व हुन् । उनी विश्वभरका स्रोतागणहरूलाई व्यावहारिकरूपमा आफूले आफैँसँग जोड्न र सन्तुष्ट जीवन जिउनका लागि प्रेरित गर्छन् ।

प्रेम रावतले हरेक व्यक्तिका लागि आशा र शान्तिको व्यावहारिक सन्देश प्रदान गर्ने अथक प्रयासमार्फत लाखौँ मानिसको जीवनलाई प्रभावित तुल्याएका छन् । उनको सम्बोधन र सन्देश छ दशकअघिदेखि ५ हजार ५०० भन्दा बढी कार्यक्रमबाट प्राप्त गरेको गहन व्यक्तिगत अनुभवमा आधारित छ ।

एक विलक्षण बालकदेखि ७० को दशकमा एक किशोर आइकन हुँदै विश्व शान्तिदूतसमेत बनेर प्रेमले लाखौँ मानिसहरूका लागि असाधारण स्पष्टता, प्रेरणा अनि जीवनको गहन शिक्षा प्रदान गरिरहेका छन् ।

हाल संयुक्त राज्य अमेरिकास्थित द प्रेम रावत फाउन्डेसनका संस्थापक प्रेम रावतले जीवनमा सबै क्षेत्रसँग जोडिएका मानिसहरूसँग रहेर काम गर्छन् । यसका साथै उनले आफूभित्रको राम्रोपनको स्रोतको अनुभव कसरी गर्ने भनेर सिकाउँछन् । उनको विश्वव्यापी प्रयास एकसय बढी देशमा पैmलिसकेको छ र यसले प्रत्येक व्यक्तिका लागि आशा, खुसी र शान्तिको व्यावहारिक सन्देश प्रदान गरेको छ ।

शान्ति शिक्षा कार्यक्रम रावतको सम्बोधनमा आधारित ‘विभिन्न विषयमा केन्द्रित अप्राविधिक दक्षताको एउटा कल्याणकारी कार्यक्रम’ हो र यसलाई विश्वका एक हजार बढी शैक्षिक संस्थानमा उपयोग गरिएको छ । यसका साथै यसमा तीन लाख ६५ हजारभन्दा बढी मानिसहरूले भाग लिइसकेका छन् । यसलाई संसारका ७७५ भन्दा बढी जेलहरूमा उपयोग गरिएको छ र यसबाट दोहोर्‍याएर अपराध गर्ने दरलाई घटाउन मद्दत पुगेको छ ।

यस कार्यक्रमलाई संसारका ८० देशमा ४० भाषामा अनुवाद गरी प्रयोग गरिसकिएको छ । प्रेम रावत फाउन्डेसनको नयाँ कार्यक्रम “शान्ति शिक्षा कार्यक्रम इडियू” लाई विशेषतः शिक्षक वर्ग तथा शैक्षिक क्षेत्रका लागि निर्माण गरिएको हो । उनले भर्खरै १ नोभेम्बर २०२३ मा दुबईस्थित जिइएसएसमा आफ्नो सन्देश प्रस्तुत गरे ।

जिइएसएस संसारका ४० भन्दा बढी देशका ३५० भन्दा धेरै शैक्षिक निकाय तथा विशेषज्ञहरूको सहभागिता हुने शैक्षिक मेला हो । उनी ‘शान्ति शिक्षा कार्यक्रम’ को आयोजना गर्ने प्रेम रावत फाउन्डेसनका संस्थापक हुन् । यो संस्थाले जेल, युद्धका कारण क्षतिग्रस्त देशदेखि ८० भन्दा बढी मुलुकका अवकाशप्राप्त सैनिक केन्द्र र अस्पतालहरूमा यो कार्यक्रम सञ्चालन गरेको छ ।

यो कार्यक्रमलाई विश्वका एक हजारभन्दा बढी स्कुल र विश्वविद्यालयले अपनाएका छन् । यसका साथै समाज र द्वन्द्वबाट पीडित मानिसहरूसहित जीवनमा सबै क्षेत्रसँग जोडिएका मानिसहरूसमक्ष यो कार्यक्रम पुगेको छ । यसले कार्यक्रममा सहभागीहरूलाई वास्तविक व्यक्तिगत शान्तिको अनुभव गर्ने प्रेरणा प्रदान गर्दछ ।

प्रेम रावत शान्तिका विषयमा बोल्छन् । उनले शान्तिलाई अनुभव गर्ने एउटा व्यावहारिक तरिका प्रदान गर्छन् । उनी आफ्ना पुस्तक, प्रशिक्षण, वेबसाइटका सामग्री, सञ्चारजगत्सँगको साक्षात्कार अनि सबैभन्दा धेरै त प्रत्यक्ष प्रस्तुतिको कार्यक्रमलाई सम्बोधन गरी संसारका लाखौँ मानिसहरूमाझ आफ्नो सन्देश प्रवाह गर्छन् ।

केवल सन् २०२३ मा मात्रै प्रेम रावतले टिभी, प्रकाशित सामग्री अनि रेडियोसहितका सबै सञ्चार माध्यममा गरी ७७ करोड ५० लाखभन्दा बढी मानिसहरूलाई सम्बोधन गरेका छन् । प्रेम रावतले भर्खरै पनि संसारका शिक्षकहरूका लागि अत्यन्तै प्रभावकारी शान्ति शिक्षा कार्यक्रमलाई प्रस्तुत गर्न तथा आफ्नो सर्वाधिक बिक्री भएको पुस्तक ‘हियर योरसेल्फ : हाउ टु फाइन्ड पिस इन ए नोइजी वर्ल्ड’ को अरबी भाषाको संस्करणलाई विमोचन गर्नका लागि दुबई संयुक्त अरब इमिरेट्सको यात्रा गरे ।

उनको यो ऐतिहासिक यात्राले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको ध्यान आकर्षित गर्‍यो जसले उनको अन्तर्दृष्टि र प्रयासलाई लाखौँ मानिसहरूमाझ पुर्‍याइरहेको छ । प्रेम रावतलाई संयुक्त अरब इमिरेट्सको विश्व प्रसिद्ध शारजाह अन्तर्राष्ट्रिय पुस्तक मेलामा एउटा कार्यक्रमका साथै उनको सर्वाधिक बिक्री भएको पुस्तक ‘हियर योरसेल्फ : हाउ टु फाइन्ड पिस इन ए नोइजी वर्ल्ड’ को अरबी संस्करणको विमोचन कार्यक्रमको अवसरमा सम्बोधनका लागि आमन्त्रण गरिएको थियो ।

प्रेम रावत न्यूयोर्क टाइम्सको ‘हियर योरसेल्फ : हाउ टु फाइन्ड पिस इन ए नोइजी वर्ल्ड’ को सर्वाधिक बिक्री हुने पुस्तकका लेखक हुन् । अप्रिल २०२३ मा उनी एकल लेखकका रूपमा सर्वाधिक व्यक्तिको सहभागिता अर्थात् एक लाख १४ हजार ७०४ जना मानिसको उपस्थितिमा पुस्तक वाचन गरेर गिनिज विश्व रेकर्ड कायम गर्ने व्यक्तित्व हुन् ।

प्रेम रावत एक पाइलट पनि हुन् । उनीसँग १५ हजार घन्टाको उडान भरेको अनुभव छ । यसका साथै उनी एक फोटोग्राफर, प्राचीन कार मर्मतकर्ता एवम् चार सन्तानका पिता र चार बच्चाका हजुरबुवा पनि हुन् ।