मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी मनोनयन दर्ता

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी मनोनयन दर्ता


चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा राजनीतिक दलहरु र १६ जना स्वतन्त्र गरी ६५ जनाले उमेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।

चितवन क्षेत्र नं १ मा १९ जनाको उमेदवारी परेको छ । नेपाली कांग्रेसबाट राजेन्द्रप्रसाद बुर्लाकोटी, नेकपा एमालेबाट दावादोर्जे लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली कम्युनिस्ट पार्टीबाट डा. कृष्ण पन्त र राप्रपाबाट बलराम खनालले उमेदवार मनोनयन दर्ता गराएका छन् ।

Advertisement

यस्तै, नेकपा (माओवादी)बाट गणेशबहादुर श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट सीतादेवी क्षेत्री, नेमकिपाबाट अर्जुन प्रजा, श्रम संस्कृति पार्टीबाट अनिल तामाङ, मंगल नेसनल अर्गनाइजेसनबाट प्रेमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास कामी, नेकपा संयुक्तबाट दुर्गादत्त अर्याल, उज्यालो नेपाल पार्टीबाट धनबहादुर गुरूङ, नेसनल रिपब्लिक नेपालबाट ईश्वरी गुरूङ, जसपा नेपालबाट अजय ठाकुर हजाम र स्वतन्त्रबाट शौरभ कँडेल, हरिप्रसाद रेग्मी, रामेश्वरप्रसाद घिमिरे र सञ्जय रिजालले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, चितवन क्षेत्र नं २ मा २३ जनाले उमेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रास्वपा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेस नाममार्फत रवि लामिछाने, नेपाली कांग्रेसबाट मीनाकुमारी खरेल, नेकपा एमालेबाट अस्मिन घिमिरे, नेपाली कम्युनिस्ट पार्टीबाट प्रताप गुरूङ र राप्रपाबाट जगदीश्वर अधिकारीसहित २३ जनाले उमेदवारी दर्ता गराएका छन् ।

यस्तै, नेकपा (माओवादी)बाट दिर्शनाकुमारी शाही, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, जसपा नेपालबाट कमानसिंह चौधरी, मंगल नेसनल अर्गनाइजेसनबाट ऋषा गोले, आजपाबाट देवीकुमारी मगर, श्रम संस्कृति पार्टीबाट मिलन थापामगर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रकाशबहादुर पाण्डे, जनमत पार्टीबाट निर्मलाकुमारी ठाकुर, उज्यालो नेपाल पार्टीबाट नि. कुमार पाख्रिन, नेमकिपाबाट शोभा वासुकला, नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न)बाट सुवास महतो र नेसनल रिपब्लिक नेपालबाट शक्तिराज गुरूङले उमेदवारी दर्ता गरेका छन् ।

यस्तै, स्वतन्त्रबाट प्रतापसिंह तामाङ, प्रविन सापकोटा, रवि कुमाल, इन्द्रबहादुर स्याङ्तान, कृष्णप्रसाद चापागाईं र शंकुप्रसाद जैसीले मनोनयन दर्ता गरेका छन् ।

चितवनको चर्चित क्षेत्र नं ३ मा २३ जनाले उमेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट रेनु दाहाल, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरूङ, नेकपा एमालेबाट शंकरराज थपलिया, राप्रपाबाट दीपक थापामगर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमले उमेदवार मनोनयन दर्ता गराएका छन् ।

यसैगरी, नेकपा (माओवादी)बाट डा. आशिकप्रसाद महतो, राष्ट्रिय जनमोर्चा पार्टीबाट कृष्णबहादुर के.सी., उज्यालो नेपाल पार्टीबाट डम्बरबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट तोजमान गुरूङ, राष्ट्रिय नागरिक पार्टीबाट विज गुरूङ, नेसनल रिपब्लिक पार्टी नेपालबाट सेतीमाया तामाङ, मंगल नेसनल अर्गनाइजेसनबाट टेकबहादुर तामाङ, जसपाबाट थमनसिंग सुनार, नेकपा संयुक्तबाट जीतबहादुर विक, प्रलोपाबाट बुद्धिराज तामाङ, नाउपाबाट हरिमाया महतो, नेमकिपाबाट बद्री लक्ष्मी कँवाले उमेदवारी दर्ता गराएका छन् ।

यस्तै, स्वतन्त्रबाट इन्द्रमाया पौडेल, मधुमाया अधिकारी, कृष्णप्रसाद अधिकारी, रोलबहादुर गुरूङ, पार्वती पौडेल काफ्ले र रन्जना पौडेल रहेका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवम् दुई जना तेस्रो लिङ्गी रहेका छन् ।

जिल्लाका १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताए ।

क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।

यस्तै, क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।

क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ वटा स्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।

शेयर गर्नुहोस:

54
Shares