मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

पण्डित श्री दीनबन्धु पोखरेलद्वारा ह्युस्टनमा प्रवचन एवं सत्सङ्ग हुने

पण्डित श्री दीनबन्धु पोखरेलद्वारा ह्युस्टनमा प्रवचन एवं सत्सङ्ग हुने


ह्युस्टन(टेक्सस)- वाचन प्रवीण पण्डित श्री दीनबन्धु पोखरेलद्वारा ह्युस्टनमा आध्यात्मिक/धार्मिक प्रवचन एवं सत्सङ्ग हुन लागेको जानकारी प्राप्त भएको छ। प्रवचन कार्यक्रम संयोजन गरिरहनु भएका सृजनशील समाजका पूर्व अध्यक्ष उमापति भुसालले हिमालय खबरलाई जानकारी गराउनु भए अनुसार यही शनिवार दिउँसो १२ बजेदेखि ३ बजेसम्म बृहत्तर ह्युस्टनस्थित पशुपति मन्दिरमा पण्डित पोखरेलबाट पूर्वीय धर्म संस्कृति, सामाजिक-साँस्कृतिक अभियान, अध्यात्मिक जागरणका सन्दर्भमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो।

आफ्नो वाचनकलाबाट दर्शक/श्रोताहरुलाई मन्त्रमुग्ध पार्नसक्ने क्षमताका धनी वाचन प्रवीण पण्डित श्री दीनबन्धु पोखरेलबाट प्रस्तुत हुने प्रवचन तथा सत्सङ्ग कार्यक्रममा समग्र ह्युस्टनबासी नेपालीहरुको सहभागिताका लागि आयोजकहरुले अपील गरेकाछन्।

ह्युस्टनमा रहेका सबै सामाजिक संस्थाहरु सृजनशील नेपाली समाज, नेप्लिज एशोसियसन अफ ह्युस्टन, ग्रेटर ह्युस्टन नेप्लिज चेम्बर अफ कमर्स, गुल्मी समाज, नेप्लिज हेरिटेज युनियन र अन्तराष्ट्रिय साहित्य समाजको संयुक्त अगुवाइमा सो प्रवचन कार्यक्रम हुन लागेको हो।