मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
स्वास्थ्य / विचित्र संसार   

टेक्ससमा खुल्यो निशुल्क हिमालय क्लिनिक

टेक्ससमा खुल्यो निशुल्क हिमालय क्लिनिक


ड्यालस (टेक्सस) । टेक्ससमा कृयाशील नेपालीमुलका चिकित्सकहरुको सकृयतामा स्थापित हिमालय हेल्थ क्लिनिकले आउँदो महिनाबाट सेवा सुरु गर्ने भएको छ ।

मे ७ तारिकबाट क्लिनिकले पहिलोपटक युलेसको नयाँ र सुविधासम्पन्न भवनबाट सेवा सुरु गर्न लागेको डाक्टर संजीब श्रेष्ठले जानकारी दिए । युलेसमा यसै महिनादेखि सञ्चालनमा आएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (मन्दिर) को भवनमा हिमालय हेल्थ क्लिनिकका लागि सुविधायुक्त ६ कोठा रहेका छन् । सो दिन बिहान १० बजेदेखि क्लिनिक सञ्चालन हुनेछ ।

‘अहिलेलाई महिनामा एक पटक क्लिनिक चलाउने योजना छ । तर जनशक्ति (चिकित्सक) पुगेको खण्डमा हरेक हप्ता चलाउने लक्ष्य छ’ डा. श्रेष्ठले भने । नयाँ भवनमा रिसेप्सन, स्वास्थ चेकजाँचका लागि अलग्गै कोठाहरु र डेन्टिष्ट सेवाका लागि छुट्टै कोठा छन् ।

नयाँ भवनमा कोठाको डिजाइनिंग गर्दानै क्लिनिकका लागि मिल्ने गरि बनाइएको छ । यसले गर्दा हिमालय क्लिनिक नियमित रुपमा सञ्चालन हुने अपेक्षा ड्यालस फोर्टवर्थको नेपाली समुदायले राखेको छ ।

ड्यालसमा एक दर्जनको हाराहारीमा नेपालीमुलका चिकित्सकहरु कार्यरत छन् । सयौंका संख्यामा नर्सहरु पनि बिभिन्न अस्पतालहरु, नर्सिंगहोम, क्लिनिकहरुमा कार्यरत छन् ।

‘नेपाली समुदायका लागि यो सुविधा र गौरब दुबै विषय हुन्’ डा.सन्दीप पाण्डेले भने । यो क्लिनिकका लागि डा. श्रेष्ठ, डा. पाण्डे, डा. दीपेश विष्ट, डा. विष्णु सापकोटा, डा. रजनी श्रेष्ठ, डा. रोजी राजभण्डारी, डा. अनुज कँडेल, डा. विश्वास उपाध्याय, डा. युवराज भटटराई, डा. शर्मिला श्रेष्ठ (डिडिएस) र डा. पूजा सैंजु (डिडिएस) लगायतको टोली कृयाशील छ ।

एकपटक क्लिनिक चलाउँदा कम्तिमा दुई जना चिकित्सक आवश्यक पर्छ । त्यसले गर्दा जनशक्तिको व्यबस्थापन गरेर क्लिनिकलाई नियमित गर्ने योजनामा पदाधिकारीहरु छन् ।

क्लिनिक निशुल्क हुनुका साथै स्वास्थबीमा नभएका र नेपालबाट भ्रमणमा आएकाहरुलाई लक्षित गरेर सञ्चालन गर्न लागिएको हो । हिमालय हेल्थ क्लिनिक गैर नाफामुलक संस्थाका रुपमा टेक्सस राज्यमा दर्ता भएको संस्था हो ।

मे ७ तारिक क्लिनिकमा स्वास्थ सेवा लिन चाहनेले टिएनएमएको वेवसाइट (www.TNMAOnline.org) मा गएर पहिलेनै नाम दर्ता गर्न संस्थाले अनुरोध गरेको छ ।