मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने सरकारको निर्णय

प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने सरकारको निर्णय

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए । यही चैत ६ गतेको निर्णयले उनी एआइजीमा बढुवा भएका थिए । सरकारले उनलाई एआइजीको फुली लगाएको दुई दिनमै आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा रहेका थिए । कुँवर अङ्क तालिकामा १ नम्बरमा रहेका थिए । यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ ।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह शुक्रबार राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै छन् । काम गर्न सक्ने सक्षम, कमाण्ड गर्न सक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले जो कोहीलाई पनि आइजिपी बनाउन सक्ने अवस्था कानुनी आधार छ । ।

विसं २००७ साल चैतमा स्थापना भएको प्रहरीमा उनी ३०औँ आइजिपी नियुक्त भएका हुन् । पहिलो महानिरीक्षक तोरणशमशेर राणा हुन् । तर, प्रहरीले संगठन स्थापनाको ५ वर्षपछि विसं २०१२ मा ऐन आएको दिनलाई प्रहरी स्थापना दिवस मान्दै आएको छ । यद्यपि हालसम्म संगठनमा २९ जनाले नेतृत्व गरिसकेका छन् ।

को हुन् आइजिपी कुँवर ?

२०२६ चैत १५ मा अर्घाखाँचीको सन्धीखर्कमा बाबु भीमबहादुर कुँवर र आमा नमकलाबाट जन्मिएका कुँवर २०५१ चैत ५ मा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका थिए । अहिलेको ३० वर्षे सेवाअवधि कायम रहे कुँवर २०८१ चैतमा अवकाशमा जाने छन् ।

२०६३ भदौ ८ मा डिएसपी, २०७१ फागुन १० मा एसपी, २०७५ फागुन ६ मा एसएसपी र २०७९ असार १७ मा डिआइजी बनेका उनले विभिन्न जिल्लाका साथै प्रहरी प्रधान कार्यालय र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर कार्यसम्पादन गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर उनी इन्स्पेक्टर, डिएसपी र एसपी हुँदा विभिन्न जिल्लामा रहेर काम गरिसकेका छन् । गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौँ, नवलपरासी, डोटी, चितवन, नुवाकोट, धादिङ, प्रहरी युक्ति तालिम महाविद्यालयलगायत युनिटमा रहेर काम गरेको अनुभव उनीसँग छ ।

उनले विसं २०७३ मा चितवन प्रहरी प्रमुख (एसपी) रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्डसमेत प्राप्त गरेका थिए । कुँवर गत असार १७ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । डिआइजीमा बढुवा हुँदा उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखका रुपमा कार्यरत थिए ।

त्यसअघि उनले प्रहरी प्रवक्ताका रुपमा काम गरेका थिए । डिआईमा बढुवापछि भने प्रहरी प्रधान कार्यालय कार्यविभागमा पदस्थापन भएका उनी पछिल्लो पटक मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।