मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

ड्यालसमा विश्व कीर्तिमानी बन्दनाको मारुनी स्टुडियो

ड्यालसमा विश्व कीर्तिमानी बन्दनाको मारुनी स्टुडियो


युलेस (टेक्सस) । एकसय २६ घण्टासम्म लगातार नाचेर विश्व कीर्तिमान कायम गरेकी बन्दना नेपालले अमेरिकाको युलेसमा नृत्य प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएकी छिन् ।

अमेरिका आएको छोटो समयमै उनले नेपाली लोकसंस्कृतिका नृत्यहरु सिकाउने गरि मारुनी डान्स स्टुडियोको नाममा प्रशिक्षण केन्द्र खोलेकी हुन् । युलेसको १०९ मार्था स्ट्रिटमा प्रशिक्षण केन्द्र खुलेको छ ।

Advertisement
ADVERTISEMENT

केन्द्रमा सबै उमेर समूहका व्यक्तिहरुलाई नेपाली डान्स कक्षा सञ्चालन हुनेछ भने नृत्य गरेरनै तौल घटाउन चाहनेहरुका लागि जुम्बा नृत्यको प्रशिक्षण हुनेछ ।

धनकुटामा जन्मिएर काठमाडौंमा हुर्किएकी बन्दना नेपालमा छँदा पनि नृत्य प्रशिक्षकका रुपमा कार्यरत थिइन् । नृत्य गरेर गिनिज बुकमा रेकर्ड राख्नु अघि बन्दना प्रशिक्षण केन्द्रमा नृत्य सिकाउँथिन् । तर रेकर्ड कायम गरिसकेपछि आफ्नै स्टुडियो सञ्चालनमा ल्याएकी थिइन् ।

‘यहाँ अमेरिकामा नेपाली बालबालिकाहरुलाई नेपाली नृत्य असाध्यै खड्किएको देखेँ । त्यही भएर आफ्नो कला संस्कृति, नृत्य बारेमा सिकाउन मारुनी डान्स स्टुडियो खोल्ने प्रेरणा मिलेको हो’ उनले भनिन् ।

डान्स प्रशिक्षण केन्द्र खोल्नका लागि सिटी काउन्सिल सदस्य टीका पौडेल लगायत नेपाली समुदायको ठूलो सहयोग रहेको समेत उनले स्मरण गरेकी छिन् ।

डान्स स्टुडियो सातै दिन सञ्चालनमा आउनेछ । नाच्नु भनेको कला सिक्नुमात्र होइन, स्वस्थ रहने एउटा तरिका पनि हो । नाच्दा शरिरका सबै अंगहरु चलायमान हुने भएकोले भरपुर एक्सरसाइज समेत हुने भएकोले यसमा सबै उमेर समूह सहभागी हुन सक्ने उनले बताइन् । नृत्य प्रशिक्षणमा सहभागी भइदिनका लागि उनले आग्रह पनि गरेकी छिन् ।

 

भविष्यमा नेपाली कल्चरल महोत्सव गर्ने सोचाई समेत बन्दना रहेकी छिन् ।

केही साता अघि नेपाल अमेरिका कुटनैतिक सम्बन्ध स्थापनाको ७५ वर्ष पुगेको अवसरमा युलेस सिटीले आयोजना गरेको कार्यक्रममा नृत्य गरेर उनले धेरैको प्रशंसा प्राप्त गरेकी थिइन् ।

शेयर गर्नुहोस:

5.8k
Shares