मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राष्ट्रपतिको निर्वाचन कांग्रेसले जित्छ : नेता कोइराला

राष्ट्रपतिको निर्वाचन कांग्रेसले जित्छ : नेता कोइराला

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले फागुन २५ गते संसद्मा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले उमेदवारी दिने बताएका छन् ।

नेपाल प्रेस युनियन बागमती प्रदेश समितिको प्रथम अधिवेशनको बुधबार सौराहामा उद्घाटन गर्दै उनले राष्ट्रपति पदका लागि कांग्रेसले उमेदवारी दिने र उमेदवारलाई जिताउने दाबीसमेत गरे । उनले अन्य दलहरुसँग सहकार्य गरी आफ्नो उमेदवारलाई जिताउने बताए ।

२५ फागुनमा के हुन्छ भन्ने प्रश्न जनमानसबाट उठ्न थालेको भन्दै नेता कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उमेदवारी दिने र त्यो निर्वाचनमा कांग्रेसकै उमेदवारले जित्ने उनले बताए । कांग्रेस एक्लैको मतले मात्र राष्ट्रपति निर्वाचित नहुने भएकोले अन्य दलहरूसँग पनि सहकार्य गरिने नेता कोइरालाले बताए ।

‘अन्य दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’, उनले भने, ‘कांग्रेसको भोटले मात्रै राष्ट्रपति जित्न सक्दैन ।’ नेता कोइरालाले कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने पनि बताए । ‘हामी सरकारमा जाँदैनौँ’, उनले भने, ‘सरकारलाई समर्थन दिए पनि प्रतिपक्षमै बस्छौँ ।’

नेता काइरालाले नेपाली कांग्रेस स्वतन्त्र न्यायलय र स्वतन्त्र प्रेसको पक्षमा रहेको बताए । प्रेस स्वतन्त्र नरहे लोकतन्त्र धरापमा पर्ने भन्दै उनले न्यायलय र प्रेसलाई आघात पुग्ने काम गर्न नहुने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सञ्चार जगत्को विषयमा दिएको अभिव्यक्तिप्रति लक्षितगरी कुनै पनि राजनीतिक दलले न्यायालय र प्रेसमाथि धाबा बोल्न नहुने तर्क गरे । देशको परिस्थिति नाजुक अबस्थामा रहेको भन्दै उनले वितृष्णा पैदा हुनेगरी राजनीति बिग्रिएको बताए ।

‘देशको आर्थिक अवस्था नाजुक छ, चर्को व्याजले नागरिक आतङ्कित छन्’, उनले भने, ‘राजनीतिक अस्थितताका कारण यो सबै भएको हो ।’

कुण्ठा पोख्ने नाममा प्रेसमाथिको आक्रमण निन्दनीय : अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजनीतिक दलको सत्ता जोगाउने जिम्मेवारी पत्रकारको नभएको बताए । ‘हामी सत्ता जोगाउने उपकरण होइनौँ’, उनले भने, ‘खबरदारी गर्ने हामी काम हो, हामी गरिरहन्छौँ ।’

सत्ता फुत्किएपछि रवि लामिछानेले नेपाली प्रेसमाथि आक्रमण गरेको भन्दै उनले आँखा चिम्म गरेर प्रेस स्वतन्तताको पक्षमा लड्न तयार रहेको बताए ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक डा.मुरारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, डा.गोविन्द पोखरेल, प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, सांसद् रामनाथ अधिकारी, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, दामोदर दवाडी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले स्वागत मन्तव्य राखेका थिए ।

चितवन क्षेत्र नं-२ का मतदातालाई अभिभावकत्व दिन्छौँ : डा कोइराला