मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

कुण्ठा पोख्ने नाममा प्रेसमाथिको आक्रमण निन्दनीय : अध्यक्ष पोखरेल

कुण्ठा पोख्ने नाममा प्रेसमाथिको आक्रमण निन्दनीय : अध्यक्ष पोखरेल

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रेसमाथिका चुनौतीहरू व्यवस्था परिवर्तन हुँदा पनि उत्तिकै रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन बागमती प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘व्यवस्था परिवर्तन हुँदा पनि प्रेसमाथिका चुनौतीहरू सकिँदा रहेनछन् । व्यवस्था परिवर्तनको क्रममा प्रेसमाथि हुने आक्रमणलाई हामीले सामान्यरूपमा लिनु हुँदैन । कसैको सत्ता जोगाउने नाममा प्रेसमाथि गरिएको आक्रमणलाई सामान्यरूपमा लिनु हुँदैन । व्यक्तिगत कुण्ठा पोख्ने नाममा प्रेसलाई गरिने आक्रमणको निन्दा गर्दछु ।’

राजनीतिक दलको सत्ता जोगाउने जिम्मेवारी पत्रकारको नभएको उनको भनाइ थियो । ‘हामी सत्ता जोगाउने उपकरण होइनौँ’, उनले भने, ‘खबरदारी गर्ने हाम्रो काम हो, हामी गरिरहन्छौँ ।’

सत्ता फुत्किएपछि रवि लामिछानेले नेपाली प्रेसमाथि आक्रमण गरेको भन्दै उनले आँखा चिम्म गरेर प्रेस स्वतन्तताको पक्षमा लड्न तयार रहेको बताए ।

चितवनको सौराहामा सुरु भएको प्रथम अधिवेशनलाई नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले उद्घाटन गरेका थिए ।

राष्ट्रपतिको निर्वाचन कांग्रेसले जित्छ : नेता कोइराला

नेपाल प्रेस युनियनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक डा.मुरारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, डा.गोविन्द पोखरेल, प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, सांसद् रामनाथ अधिकारी, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, दामोदर दवाडी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटालगायतले मन्तव्य राखेका थिए ।

अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका करिब २०० जना पत्रकार सहभागी छन् ।