मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

कुटनैतिक संबन्धको ७५ वर्ष

कुटनैतिक संबन्धको ७५ वर्ष

युलेस सिटीले फेब्रुवरी ११ मा कार्यक्रम गर्दै


ड्यालस (टेक्सस) । संयुक्त राज्य अमेरिका र नेपालबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्ष पुगेको अवसरमा टेक्ससको युलेस सिटीले आउँदो फेब्रुवरी ११ तारिक विशेष कार्यक्रम आयोजना गर्दैछ ।

कुटनैतिक सम्बन्ध स्थापनाको ७५ वर्ष पुगेको अवसरमा सो दिन हालसम्मका गतिविधि र आगामी दिनका विषयमा अन्तरकृया हुने भएको छ । युलेसको फेमिली लाइफ सेन्टरमा दिउँसो १ बजेदेखि ३ बजेसम्म नेपाली र अमेरिकन समुदायबीच छलफल गर्दै कार्यक्रम आयोजना गर्न लागिएको सिटी काउन्सिलका सदस्य टीका पौडेलले जानकारी दिए ।

अमेरिका र नेपालबीच सन् १९४७ अप्रिल २५ मा कुटनैतिक सम्बन्ध कायम भएको थियो । बेलायत पछि नेपालको कुटनैतिक सम्बन्ध कायम भएको अमेरिका दोस्रो देश हो ।

हालसम्म नेपालको कुटनैतिक सम्बन्ध स्थापना भएका देशको संख्या एकसय ७७ पुगेको छ । अमेरिका नेपाल सम्बन्धले ७५ वर्ष पुरा गरेको अवसरमा दुई देशबीच जनस्तरमा समेत अमेरिकामा बिभिन्न कार्यक्रमहरु यसवर्ष हुने क्रममा छन् ।

‘नेपाल चिनाउने, दुई देशबीचको सम्बन्धका बारेमा अमेरिकी जनस्तरमा जानकारी गराउनका लागि यो कार्यक्रम गर्न लागिएको हो’ काउन्सिल सदस्य पौडेलले भने ।

कार्यक्रममा सिटीमी मेयर लिण्डा मार्टिन, सदस्य पौडेल लगायत स्थानीय जनप्रतिनिधिहरु र राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।