मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

घुम्ती स्वास्थ शिविरका लागि लायन्स क्लबद्वारा बस खरिद

घुम्ती स्वास्थ शिविरका लागि लायन्स क्लबद्वारा बस खरिद


ड्यालस (टेक्सस) । लायन्स क्लबद्वारा स्थापित लायन्स हेल्थ फाउन्डेसनको संयोजनका मोबाइल मेडिकल केयर युनिट सञ्चालनमा आएको छ । 
अमेरिकाको ड्यालसमा रहेका नेपालीहरुको सकृयतामा स्थापना भएको लायन्स क्लबहरुको सकृयतामा स्वास्थको मोबाइल घुम्ती शिविर सञ्चालन गर्नका लागि झण्डै ९० हजार डलर मूल्य पर्ने बस किनिएको हो ।

टेक्ससमा मात्र नभै अमेरिकामा रहेका नेपाली समुदायको सकृयतामा घुम्ती स्वास्थ शिविर सञ्चालनका लागि उपचार सामग्रीसहित भएको बस खरिद भएको यो पहिलो घटना हो । 

आइतबार टेक्ससको अर्भिंङस्थित पशुपतिनाथ तथा बौद्ध मन्दिरमा मोबाइल घुम्ती शिविर सुरुवात गर्न खरिद भएको बसको पूजाआजासहित स्वागत गरिएको छ । मोबाइल स्वास्थ शिविर सञ्चालनका लागि बस खरिद गर्न लायन्स डिस्ट्रिक्ट टू एक्स वानले म्याचिङ्ग फण्डलगायतमा सहयोग गरेको छ ।
‘यो हाम्रो लागि गौरवको दिन हो । हामीले समुदायलाई सेवा गर्ने अझै प्रभावकारी माध्यम थप्न सफल भएका छौ’, ड्यालस एभरेष्ट लायन्स क्लबकी अध्यक्ष डा. विष्णुमाया उपाध्यायले भनिन् । मोबाइल स्वास्थ शिविर सञ्चालनका लागि लायन्स क्लबसँग अहिले नै चिकित्सकलगायत २० जना स्वास्थकर्मीहरुको समूह तयार भैसकेको छ ।
टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा दर्जनौँ नेपाली डाक्टरहरु र सयौंको संख्यामा नर्स प्राक्टिसनर र नर्सहरु कार्यरत छन् । मोबाइल घुम्ती स्वास्थ शिवीर सञ्चालनका लागि खरिद भएको बसभित्र बिरामी जाँच्ने, प्राथमिक उपचार लगायतका सबै सेवाहरु रहेका छन् । डा. उपाध्यायका अनुसार यो बसलाई समुदायले माग गरेको डिएफडब्लु मेट्रोप्लेक्सको जुनसुकै स्थानमा लगेर पनि सेवा दिन सकिन्छ ।
समुदायका सदस्यहरुलाई स्वस्थ रहन र स्वास्थ बीमा नभएकाहरुलाई सेवा प्रदान गर्न यो अझै प्रभावकारी हुनेछ । नेपालबाट आएका अभिभावकहरुलाई समेत सानातिना स्वास्थ समस्या निदान र उपचारका लागि घुम्ती स्वास्थ शिवीर सहयोगी हुने विश्वास लिइएको छ । 
ड्यालस एभरेष्ट लायन्स क्लबले मोबाइल स्वास्थ शिविरलाई अझै प्रभावकारी बनाउन स्वास्थकर्मीहरु मात्र समावेश रहने गरी क्लब स्थापना गर्नेगरी अघि बढेको छ । 
मोबाइल स्वास्थ शिविरका लागि किनिएको बस न्यूयोर्कबाट ल्याइएको हो । घुम्ती स्वास्थ शिवीर सुरुवातका अवसरमा आइतबार एभरेष्ट लायन्स क्लबले अर्भिंङस्थित मन्दिरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
त्यस अवसरमा लायन्स क्लबका संस्थापकहरु, कार्यसमितिका पदाधिकारीहरुलगायत लायन्स इन्टरनेसनलका पदाधिकारीहरुले खुशी व्यक्त गर्दै शुभकामना आदान-प्रदान गरेका थिए ।

शिविर सञ्चालनका लागि दिगो स्रोत, विश्वसनीय सेवाका लागि भविष्यमा विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव वक्ताहरुको थियो । त्यस अवसरमा पूर्वअध्यक्षहरु राम सी पोखरेल, राधाकृष्ण काफ्ले, विलाश उपाध्याय, थलराज पन्त, डा. ओम थापालगायतले खुशी व्यक्त गरेका थिए । 

 
यसैगरी आइतबार भएको स्वास्थ शिविरबाट झण्डै ८० जना लाभान्वित भएका छन् । शिवीरमा रक्तचाप, डायबिटिज, परामर्श लगायतका सेवाहरु प्रदान गरिएको थियो । लायन्स क्लबले नियमित रुपमा स्वास्थ शिविरहरु गर्दै आएको छ । आगामी दिनमा साधन र स्रोत थपेर अझै प्रभावकारी सेवा दिने योजनामा क्लब रहेको छ ।