मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली दूतावासद्वारा क्यालिफोर्निया र टेक्ससमा घुम्ती शिविर हुँदै

नेपाली दूतावासद्वारा क्यालिफोर्निया र टेक्ससमा घुम्ती शिविर हुँदै


ड्यालस (अमेरिका) – नेपाली दूतावास वासिङ्गटन डिसीको आयोजनामा आउँदो डिसेम्बर दोस्रो साता ड्यालसमा कन्सुलर सेवासहितको घुम्ती शिविर हुने भएको छ । 
 
दूतावासले टेक्ससको ड्यालस, ह्युस्टन र अस्टिन सहरमा घुम्ती शिविर गर्न लागेको हो । नेपाली दूतावासले जारी गरेको सूचनाअनुसार ड्यालसमा आउँदो डिसेम्बर १५ देखि १७ तारिकसम्म शिविर हुनेछ । त्यस्तै अस्टिनमा डिसेम्बर १८ र १९ मा शिविर हुनेछ । ह्युस्टनमा डिसेम्बर २० मा हुनेगरी दूतावासले कार्यक्रम तय गरेको छ । 
 
शिविरमा नेपाली विद्युतीय राहदानीको आवेदन लिने, एनआरएन कार्ड र अधिकृत वारेसनामा लगायतका सेवाहरु प्रदान गरिनेछ । ड्यालसको अर्भिंङस्थित नेपाली मन्दिर, अस्टिनको ग्रेटर अस्टिन नेपाली सोसाइटीको अफिस र ह्युस्टनको 6301 Richmond Ave, Houston, Tx\ 77057 मा शिविर हुनेछ । 
 
नेपाली राहदानीको म्याद सकिएका, अमेरिकी नागरिकता लिएकाहरु जो एनआरएन कार्ड लिन इच्छुक छन् र नेपालमा आफ्नो सम्पत्तिको लागि आवश्यक पर्ने पावर अफ एटोर्नी सेवा लिन सक्नेछन् । 
 
दूतावासले क्यालिफोर्नियामा पनि यस्तै प्रकारको सेवा दिनेगरी नोभेम्बर महिनामा शिविर गर्न लागेको छ । लसएन्जलसमा नोभेम्बर २४ र २५, सानफ्रान्सिस्कोमा नोभेम्बर २७ देखि २९ मा कार्यक्रम गर्न लागेको हो । 
 
गत डेढ वर्षअघि तत्कालीन राजदूत डा. युवराज खतिवडाको कार्यकालमा पनि यस्तो प्रकारको घुम्ती शिविर टेक्सस, क्यालिफोर्निया, वासिङ्गटन, कोलोराडोलगायतका राज्यहरुमा सञ्चालन भएका थिए ।