मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

लेजिल्याडस् क्रीकेट कलबलाई ३७ रनले हराउदै एन-डि-सी-सी ले उपाधि जित

लेजिल्याडस् क्रीकेट कलबलाई ३७ रनले हराउदै एन-डि-सी-सी ले उपाधि जित


ड्यालस्- अमेरिकाको ड्यालस् शहरमा हरेक वर्ष आयोजना हुँदै आएको ड्यालस् प्रिमियर लिग क्रीकेट प्रतियोगितको ‘समुह्-जि’ को उपाधि नेपाल्-ड्यालस् क्रीकेट कलब (एन-डि-सी-सी) ले जितेको छ । लेजिल्याडस् क्रीकेट कलबलाई ३७ रनले हराउदै एन-डि-सी-सी ले सो उपाधि जितेको हो ।
 
टस् जितेर पहिले ब्याटिङ गरेको एन-डि-सी-सी ले आफ्नो २० ओभरमा ९ विकेट  गुमाउदै १२२ रन बनएको थियो । एन-डि-सी-सी का लागि सौगात अधिकारीले सर्बाधिक ४४ रन बनाएका थिए भने अमित पौड्यालले २७ रनको पारी खेलेका थिए । १२३ रनको लक्ष्य पछ्याउने क्रममा लेजिल्याडस् सुरुवात देखी नै कमजोर देखियो । 
 
इनिङको पहिलो बलमै विकेट  गुमाएको लेजिल्याडस् १६.२ ओभरमा ८५ रनमा  सिमित हुन पुग्यो । एन-डि-सी-सीका लागि सबिन अमागेन र अभिजित तुम्बाहाङ्फेले सर्बाधिक २ २ विकेट लिएका थिए । ४४ रन र १ विकेट  लिएका सौगात अधिकारी म्यान अफ् द म्याच हुन सफल भए ।
 
एन-डि-सी-सी ले आफ्नो समुह चरणका ७ मध्य ५ खेल जितेको थियो भने १ खेल वर्षाले प्रभाभित भएको थियो र १ खेल हारेको थियो । यस लगतै सेमी- फाइनलको खेल पनि वर्षाले प्रभाभित हुन पुग्यो र एन-डि-सी-सी नेट रन रेटको आधारमा फाइनल प्रबेश गरेको थियो । २१५ रन बनाउदै एन-डि-सी-सी का लोकेश झा प्रतियोगिता कै सर्बाधिक रन बनाउने खेलाडी भए र एन-डि-सी-सी कै सौगत अधिकारी १४ विकेट  लिदै सर्बाधिक विकेट  लिने खेलाडी भए ।