न्युयोर्क । भर्खरै सम्पन्न अमेरिकाको निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार जिताउन लङ्ग आइलैण्ड न्युयोर्कमा बसोबास गर्ने नेपाली समुदाय सक्रियतापूर्वक लागिपरेका थिए ।
स्थानीय डिस्ट्रिक्ट १५ का असेम्बलीका रिपब्लिकन पार्टीका उमेदवार Jake Blumencranzलाई जिताउन आह्वान गर्दै एक कार्यक्रमबीच ती उमेदवारलाई स्वागत तथा अभिनन्दन गरेका थिए ।
नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य, समाजसेवी, एनआरएनए अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेलको अगुवाई र आह्वानमा उनकै घर हिक्सभिलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त निर्वाचनमा रिपब्लिकन पार्टीका उमेददवार Jake Blumencranzले असेम्बली डिस्ट्रिक्ट १५ बाट निर्वाचन जितेका छन् । डेमोक्रेटिक पार्टीकी अमेण्डालार्ई पराजित गर्दै व्बपभ ले निर्वाचन जितेका हुन् । उनको विजयप्रति लङ्ग आइल्याण्डमा बस्ने नेपाली समाजका अगुवाहरूले खुसी व्यक्त गरेका छन् ।
जेकको विजयप्रति खरेल भन्छन्, सर्वप्रथम जेकलाई हार्दिक बधाई छ । स्थानीयस्तरमा यसपालि हामीले नेपाली समुदायको स्थानीय मुद्दालाई सहयोग र समर्थन गर्नेलाई सहयोग सल्लाह गर्यौँ त्यहीअनुरूप उनीलाई सहयोग गरियो ।
जेक नेपाली समुदायले चिन्छन्, हाम्रा आवश्यकताहरूबारे जानकार छन् र हामीसँग सहकार्य गरेर अगाडि बढ्न पंक्तिबद्ध उनको जितले लङ्ग आइलैण्ड न्युयोर्कमा बस्ने नेपाली समुदायलाई फाइदा पुग्ने छ ।
प्रतिक्रिया