मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ह्वाइट हाउसमा दीपावली कार्यक्रम

ह्वाइट हाउसमा दीपावली कार्यक्रम


अमेरिका । केही वर्षयता अमेरिकी राष्ट्रपतिहरुले आफ्नो सरकारी निवासमा दीपावली मनाउने परम्परा सुरु गरेका छन् । तर, यस पटक ह्वाइट हाउसले यो परम्पराको निरन्तरतामात्र गरेन, अलि विशेष तरिकाले दीपावली मनायो । यो वर्ष ह्वाइट हाउसले दीपावली विशेष स्वागत समारोह नै आयोजना गरेर अमेरिकामा रहेका दक्षिण एसियालीहरुलाई खुसी दिएको छ। 
 
राष्ट्रपति जो बाइडनको उपस्थितिमा प्रथम महिला जिल बाइडनले दीपावलीरदिवाली कार्यक्रममा उपस्थित हिन्दु समुदाय र दीपावलीर दिवाली मनाउने समुदायका प्रतिनिधि र उपराष्ट्रपति कमला ह्यारिसलाई विशेष स्वागत गरेकी थिइन् । 
 
भारतीय आमाकी सन्तान उपराष्ट्रपति कमला ह्यारिसले सानो छँदा आफ्नी आमासँग दीपावली मनाएको स्मरण सुनाएकी थिइन् । अमेरिकामा भारतीय तथा नेपाली समुदायको उपस्थिति उल्लेखनीय रहँदै आएको छ। 
 
अँध्यारोबाट उज्यालोतिर लैजाने चाडको रुपमा मनाइने झिलिमिली बत्तीहरुको पर्वमा ह्वाइट हाउसले औपचारिक कार्यक्रम गरेर दीपावली मनाउने भारतीय तथा नेपाली अमेरिकन समुदायमा थप खुसियाली प्रदान गरेको छ।