मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

आदिवासी जनजाति महिला संघ अमेरिकामा इन्दिराको नेतृत्व

आदिवासी जनजाति महिला संघ अमेरिकामा इन्दिराको नेतृत्व


अमेरिका । नेपाल आदिवासी जनजाति महिला संघ अमेरिका (फिवना) को तेस्रो महाधिवेशनले इन्दिरा चोङबाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ ।
कार्यसमिति उपाध्यक्षमा मैना बज्रचार्य, महासचिवमा इन्दु लामिछाने, सचिवमा निमा गोले, कोषाध्यक्षमा बरमाया पुन, सहकोषाध्यक्षमा शुभद्रा लिम्बु रहेका छन् भने अन्य १३ सदस्य चयन भएका छन् ।
फिवनाको तेस्रो महाधिवेशन तथा देउसीभैलो कार्यक्रम संयुक्तरूपमा आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिएको थिए । 

प्रमुखअतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिवना) का उपाध्यक्ष माया लामाले महिलाहरू यसरी एकजुट भएर अघि बढेकोमा आफू अत्यन्तै हर्षित भएको बताउँदै आगामी दिनमा सँगसँगै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा विशेष अतिथि न्यूयोर्कका लागि नेपाल सद्भावना पर्यटनदूत केशवराम राईले फिवनाको स्थापनाकालदेखिको इतिहास उजागर गर्दै हालसम्मको स्थितिको प्रसंशा गरे ।

सद्भावनादूतको हैसियतले आगामी दिनमा पनि फिवनासँग साथसाथै सहकार्य गर्ने तथा हरेक तरहबाट फिवनालाई अघि बढ्न लागि साथ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । 

सोही अवसरमा एलमस्र्ट हस्पिटल एडभाइजर बोर्डको अध्यक्ष लुइसाङ वाइवा तामाङले यस संस्थाले अहिलेसम्म जेजस्ता गतिविधि गर्दै आए पनि आगामी दिनमा यसलाई परिवर्तन गर्दै संस्थालाई सशक्तरूपमा अथि बढाउनुपर्नेमा जोड दिए ।

वाइवाले फिवनाको लागि हरतरहमा सहयोग गर्ने र आफूसँग भएका जानकारीहरू उपलब्ध गर्ने प्रतिबद्धता जाहेर गर्दै अहिलेसम्म महिलाहरूले गरेको योगदानको प्रसंशा पनि गरे । 

त्यस्तै तामाङ सोसाइटी अफ अमेरिकाको ट्रस्टीबोर्डको अघ्यक्ष इन्द्र तामाङले पनि फिवनाको निरन्तर प्रगतिको कामना व्यक्त गर्दै सदैव साथ र सहयोग व्यक्त गर्ने प्रतिबद्धता जाहेर गरे । 
कार्यक्रममा नोर्थ अमेरिकाको लागि नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)की उपाध्यक्ष मच्चे गुरुङ, जिरेल समाजका अध्यक्ष शान्ति जिरेल, तामाङ समाज अमेरिकाकी अध्यक्ष विनिता लामा, थारू एण्ड फ्रेन्डस् सोसाइटी अफ अमेरिकाका उपाध्यक्ष दीपक चौधरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा तत्कालीन अध्यक्ष संगिनी रानामगरले फिवनाको इतिहास र स्थापनाले आदिवासी जनजातिहरूको पहिचान र अस्तित्वलाई जोगाइ राख्नको लागि महत्त्वपूर्ण भूमिका खेलेको र संसारमा रहेका आदिवासी जनजाति महिलाहरूबीच ऐक्यवद्धता जनाउँदै अघि बढ्नसक्ने सम्भावना व्यक्त गरिन् । 
साथै यस संस्थालाई अहिलेको स्थितिसम्म पुर्‍याउनको लागि महत्त्वपूर्ण साथ र सहयोग पुर्‍याउने  व्यक्तित्वहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा नयाँ कार्यसमितिलाई पनि त्यसैगरी साथ र सहयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममा संस्थाकी महासचिव बन्दना राईले प्रतिवेदन प्रस्तुत गरिन् भने संस्थाकी कोषाध्यक्ष इन्दु लामिछानेले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । 
संस्थाकी तत्कालीन उपाध्यक्ष तथा नवनिर्वाचित अध्यक्ष इन्दिरा चोङबाङले सम्पूर्ण सहयोगी व्यक्तित्वहरू र संघसंस्थाहरूप्रति हार्दिक आभार प्रकट गर्दै विगतमा भएका कमिकमजोरीहरूलाई भविष्यमा सुधार्दै लगेर संस्थाको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण तन र मन प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 
पहिलो चरणको उद्घाटन र निर्वाचनको कार्यक्रमपश्चात संस्थाको समूहगत देउसीभैली कार्यक्रम सम्पन्न भएको थियो । नेपालको मौलिकता झल्कने भैलिनी गानाको साथमा सुरू गरिएको भैलो कार्यक्रम अन्त्यमा विभिन्न नाचगानका साथ सम्पन्न भएको थियो ।