ड्यालस (अमेरिका) – नेपाली समाज टेक्ससले शनिबार तिहारको अबसरमा आयोजना गरेको शूभकामना आदान प्रदान सहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
अर्भिंग स्थित करी लिफ रेष्टँुरामा आयोजना गरिएको कार्यक्रममा नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरु निर शाह, शम्भुजीत बास्कोटाले आफ्नो प्रस्तुति दिएका थिए । त्यस अवसरमा स्थानीय कलाकारहरु हरिबहादुर थापा, सुधांशु जोशी, अनु तामांग लगायतले पनि प्रस्तुति दिँदै मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा वरिष्ठ कलाकार शाहले आफुलाई नेपाली चलचित्रको भीष्म पितामह भन्दा अफ्ठेरो महसुस हुने गरेको उल्लेख गर्दै चलचित्रमा नौ वटै रसमा अभिनय गर्न सकेपनि व्यबहारिक रुपमा निरश रहेको उल्लेख गर्दै सहभागीहरुलाई हँसाए ।
त्यस्तै संगीतकार बास्कोटाले आफुद्दारा संगीतवद्ध गीतहरु गाएर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
नेपाली समाज टेक्ससको सिभिक इन्गेजमेन्ट इभेन्ट टीमले आयोजना गरेको कार्यक्रममा मेरिल्याण्ड राज्यबाट सांसदका उम्मेदवार ह्यारी भण्डारीले पनि आफ्नो धारणा राखेका थिए । भण्डारीले आफ्नो उम्मेदवारी, अमेरिकामा चुनावी प्रकृया र नेपाली समुदायबाट सहभागिताका विषयमा चर्चा गरेका थिए ।



प्रतिक्रिया