मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नागरिक उड्डयन मन्त्रालयका सचिवसहितको टोलीलाई न्यूयोर्कमा भव्य स्वागत

नागरिक उड्डयन मन्त्रालयका सचिवसहितको टोलीलाई न्यूयोर्कमा भव्य स्वागत


न्यूयोर्क । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र उनको टोलीलाई जेएफके एयरपोर्टमा भव्य स्वागत गरिएको छ । 
यस्तै, न्यूयोर्कको क्विन्समा भएको अन्तर्क्रिया कार्यक्रममा वरिष्ठ नेता एवं समाजसेवी राधाकृष्ण देउजा, न्यूयोर्कका लागि नवनियुक्त पर्यटन सद्भावना दूत एवं फिप्नाका उपाध्यक्ष चोञ्जन लामा, प्रवासी नेपाली एकता मञ्चका कोषाध्यक्ष उमा लामा, किराँत याक्थुङ चुम्लुङका सभापति एवं हेल्लो अमेरिका अनलाइन टिभीका प्रस्तोता सुमन थमसुहाङ, सम्राट कार्की, पत्रकार शान्तिराज राई, सन्तोष राई, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यूयोर्क च्याप्टरका सभापति ममता खालिङ राई, फिप्नाका सभामुख सुवर्णकुमार शाक्य, समाजसेवी कुमार श्रेष्ठ, अन्जाान श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रनिनिधिले सचिव अधिकारीलगायत उनको टोलीलाई भव्य स्वागत गरेको हो । 
यसैगरी, ११ अक्टोबरमा न्यूयोर्कको क्विन्समा डिएक्सएन एभरेस्ट सेन्टर नजिक ग्यालसुम्डो सेवान्तको कार्यालयमा नेपाली समुदायबीच एनआरएनएका पूर्वसभापति शिवकुमार राईको अध्यक्षतामा अन्तर्क्रिया कार्यक्रम गरिएको थियो । 
कार्यक्रममा केशवराम राईले स्वागत गरेका थिए भने हामी नेपाली ग्लोबलका वरिष्ठ उपाध्यक्ष एवं न्यूयोर्क क्विन्स ट्याक्सका अध्यक्ष नवराज केसीले कार्यक्रमका संयोजक केशवराम राईले कोभिड-१९ को समयमा पुर्याएको योगदान उल्लेखनीय रहेको बताए । उनले न्यूयोर्कका मेयर इरिक एडमलाई नेपाल भ्रमण गराउन पहल गरेको र एडमले फेरि नेपाल भ्रमण गर्ने रुचि भएको स्मरण गरे । 
कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले भारतका प्रधानमन्त्री मोदी जनकपुर आएपछि भारतबाट पर्यटक भित्रिने क्रम बढेजस्तै न्यूयोर्कका मेयरलाई नेपाल घुमाउन सकिए संसारबाट पर्यटक भित्रिन सक्ने सम्भावना बढ्ने बताए । उनले नेपालमा बर्सेनि १२ लाख पर्यटक आउने गरेकोमा कोभिड-१९ पछि एक लाख ५० हजारमा सीमित भएकाले सबैले मिलेर पर्यटक भित्र्याउन सहयोग गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम,  गैरआवासीय न्यूयोर्क च्याप्टरका सभापति आङछिरिङ्ग शेर्पा, शेर्पा संघ अमेरिकाका निवर्तमान अध्यक्ष जाङ्बु शेर्पालगायतले मन्तव्य राखेका थिए । 
कार्यक्रममा युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाका आजीवन सदस्य तथा कल्चर विभाग प्रमुख यसोदा खालिङ राई, नायिका एन्सरी गुरुङ,  पत्रकार सन्तोष बद्रि राई र हेल्लो अमेरिका अनलाइन टिभीलाई सम्मान गरिएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि अधिकारीले न्यूर्यार्कका नवनियुक्त सद्भावना दूत केशवराम राईलाई नियुक्ति पत्र प्रदान गरेका थिए । 
शिवकुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यूयोर्क च्याप्टरका सभापति ममता खालिङ राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।