मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली समुदायसँग भोजनीको छलफल

नेपाली समुदायसँग भोजनीको छलफल


युलेस (टेक्सस) । टेक्ससको तल्लो सदनका लागि उम्मेदवारी दिएका सलमान भोजनीले आइतबार नेपाली समुदायसँग छलफल गरेका छन् ।

आउँदो नोभेम्बर ८ तारिकमा हुने चुनावका लागि भोजनीले टेक्ससको तल्लो सदनका लागि उम्मेदवारी दिएका छन् । उनी डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन् । 
 
भोजनीले केही महिनाअघि भएको डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावमा विजयी भएर टिकट पाएका हुन् । छलफलमा भोजनीले नेपाली अमेरिकन समुदायका समस्या, मुद्धालाई टेक्ससको क्यापिटल हिलमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
भोजनीले आफूलाई विगतमा युलेस सिटी काउन्सिलमा विजयी बनाउन नेपाली समुदायले गरेको सहयोग सदा स्मरणीय रहेको उल्लेख गर्दै टेक्ससको स्रोत, साधन थप गर्दै प्रपर्टी ट्याक्स कम गर्ने, राम्रो शिक्षा, स्वास्थ बिमाका क्षेत्रलाई सुधार गर्ने प्रमुख रुपमा आफ्नो एजेण्डा रहेको उल्लेख गरे । 
 
नेपाली समुदायका चासो, मुद्धालाई आफूले टेक्सस हाउसमा लैजाने समेत उनले बताए । टेक्सस हाउस डिस्ट्रिक्ट ९२ का उम्मेदवार भोजनीलाई विजयी बनाउन नेपाली समुदायले सुझावहरु दिएका थिए । समुदायका तर्फबाट युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, मोहन ज्ञवाली, भानु खरेल, विकासराज न्यौपाने, बाबुराम दाहाल, लगायतले समुदायका चासोका बारेमा प्रकाश पारेका थिए । 
 
टेक्सस हाउस डिस्ट्रिक्स ९२ ले युलेस, आर्लिंगटन, बेडफोर्ड लगायतलाई समेट्छ । मतदाता नामावली सूचिमा नाम दर्ता भएका अमेरिकी नागरिकहरुले यही नोभेम्बर ८ मा हुने चुनावमा मतदान गर्न पाउँछन् । चुनावको लागि आउँदो अक्टोबर २४ देखि नोभेम्बर ४ सम्म पहिलेनै मतदान गर्न पाउने व्यबस्था छ ।