मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोलोराडोमा दसैँ–तिहार शुभकामना साँझ कार्यक्रम हुँदै

कोलोराडोमा दसैँ–तिहार शुभकामना साँझ कार्यक्रम हुँदै


कोलोराडो, अमेरिका । नेपालीहरुको महान् चाड विजयादशमी तथा शुभ दीपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शुभकामना सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरी एकआपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् ।
 
नेपालीहरुको साझा संस्था रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहाँस्थित सबै संघसंस्थाको सहभागितामा आगामी अक्टोबर २२ तारिक शनिबार डेनभरस्थित डेनभर साउथ हाइस्कुल (1700 E Louisiana Ave. Denver Co.80210) मा साँझ ५ बजेदेखि ९:३० बजेसम्म शुभकामना सांस्कृतिक साँझ कार्यक्रम आयोजना हुने संस्थाका अध्यक्ष टीका पौडेलले बताएका छन् ।
 
लोकप्रिय गायक प्रकाश श्रेष्ठ, गायिकाहरु रिमा गुरुङ, शशि रावललगायतका कलाकारहरुको जोडदार प्रस्तुति रहने कार्यक्रममा, कोलोराडोमा सक्रिय संघसंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपालीप्रति सद्भाव राख्ने स्थानीय अमेरिकीहरु तथा सर्वसाधारण सबैलाई कार्यक्रममा सहभागी भई नेपाल र नेपालीको संस्कृति संरक्षण र पहिचानमा सहयोग गर्न उनले सबैलाई चुले निम्तो गरेका छन् ।
 
सबै नेपालीहरु एकै ठाउँमा भेला भई एकआपसमा भलाकुसारी गर्दै नेपालीहरुको महान् चाड विजयादशमी तथा शुभ दीपावलीको शुभकामना आदान प्रदान गर्न पाउने महत्त्वपूर्ण अवसर हो । त्यसैले आफ्ना साथीभाइ, इष्टमित्र, छरछिमेक सबैलाई कार्यक्रममा सहभागी हुन खबरगरी कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न सहयोग गरिदिन हुनसमेत उनले सबैलाई अनुरोध गरेका छन् । 
 
संस्थाको आयोजनामा कोलोराडोमा हरेक वर्ष दसैँ तिहार कार्यक्रमको आयोजना हुँदै आएको छ ।