मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबिआईको छापा

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबिआईको छापा


वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबिआईले छापा मारेको एक समाचारमा जनाइएको छ ।
 
विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबिआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएको जनाएका छन् ।
 
पूर्वराष्ट्रपति ट्रम्पले फ्लोरिडाको मार ए लागो रिसोर्टमा एफबिआइका एजेन्टहरु आएर छापा मारेको जनाएको समाचारमा उल्लेख गरिएको छ ।
 
उनीहरुले उनको त्यहाँस्थित घरलाई नै नियन्त्रणमा लिएका छन् । एफबिआईको यो छापा उनी अमेरिकाको राष्ट्रपति हुँदा गरेका कतिपय कार्यहरुका बारेमा अनुसन्धान गर्न सरकारी कागजातहरू नियन्त्रणमा लिनका लागि गरिएको बताइएको छ ।
 
साथै गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको पनि अनुसन्धान थालिएकोले त्यस विषयका लागि पनि यो छापामा मारिएको अनुमान गरिएको छ ।
 
यस विषयमा संसदीय छानबिन जारी रहेको छ । एफबिआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्वअमेरिकी राष्ट्रपति न्यूयोर्कको ट्रम्प टावरमा रहेका बताइएको छ । रासस