वासिङ्गटन,अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचा बारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन् ।
आज मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ । तर, वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ, बाइडेनले सन्धिको समीक्षा सम्मेलनअघि विज्ञप्तिमार्फत सो कुरा बताएका हुन् ।
रुसले अमेरिकासँग आणविक हतियार नियन्त्रणमा काम पुनः सुरु गर्न तयार रहेको देखाउनुपर्छ, उनले भने । उनले चीनले पनि त्यस्तै गर्नुपर्ने धारणा राखेका छन् ।
चीनसँग एनपिटी आणविक हतियार राष्ट्र र पी(५ को एक सदस्यको रूपमा वार्तामा संलग्न हुने जिम्मेवारी पनि छ जसले जोखिमलाई कम गर्नेछ र सैन्य गतिविधिको अस्थिरतालाई सम्बोधन गर्नेछ । हतियारको वृद्धि कुनै पनि राष्ट्र वा विश्वको लागि फाइदा छैन, राष्ट्रपति बाइडेनले भने । एजेन्सी
प्रतिक्रिया