मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ह्वाइट हाउसका वरिष्ठ अधिकृत लु र नेपालबीचको साइनो (उनकै शब्दमा)

ह्वाइट हाउसका वरिष्ठ अधिकृत लु र नेपालबीचको साइनो (उनकै शब्दमा)


मेरिका । केही वर्षअघिसम्म अमेरिकाले नेपाललाई भारतको आँखाबाट हेर्छ भन्ने धारणा थियो । तर, केही महिनायता दुई देशबीचको प्रत्यक्ष कूटनैतिक संवादहरु हुन थालेका छन् ।
 
नेपाल अमेरिकाबीच सैनिक स्तरमा भने पहिलेदेखि नै राम्रो सम्बन्ध थियो । हालै मात्र दक्षिण एसिया हेर्ने ह्वाइट हाउसका वरिष्ठ अधिकारी डोनाल्ड लु नेपाल भ्रमण गरेर फिर्ता भए । उनले नेपालमा प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत सरकारका वरिष्ठ अधिकारीसंग भेटवार्ता गरेका थिए । सार्वजनिक कार्यक्रममा समेत उनी सहभागी भए । 
 
केही साताअघि लुसहितका समूहले टेक्सस डलासमा नेपाली समुदायसँग छलफल गरेको थियो । उनले त्यस अवसरमा अमेरिकाले नेपाललाई महत्त्व दिएको बताउँदै चीनको रवैयाप्रति कडा टिप्पणी गरेका थिए । 
 
लुको नेपाल भ्रमणलगत्तै काठमाडौँस्थित अमेरिकी दूतावासले उनको नेपालसँगको साइनो रहेको बताउँदै भिडियो सार्वजनिक गरेको छ ।