मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेजाको १५औं साधारण सभा क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा सम्पन्न

नेजाको १५औं साधारण सभा क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा सम्पन्न


मेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १५औँ साधारण सभा क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा सम्पन्न भएको छ ।
 
२३ र २४ जुलाई २०२२ मा आयोजित साधारण सभाले संघको संशोधित विधान २०२२ पारित गरेको छ । यसैगरी, साधारण सभाको बन्दसत्रबाट नेजासम्बद्ध आचारसंहिता-२०२२, पुरस्कार एवं सम्मान कार्यविधि २०२२ पारित भएको छ ।
 
साधारण सभाले नेपाल पत्रकार महासंघसँग सहकार्यसम्बन्धी समझदारी गर्नका लागि प्रस्तावित समझदारी(पत्रको मस्यौदालाई पारित गरेको छ । यसैगरी, संघका महासचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।
 
सामान्य सभामा यसै वर्षदेखि सुरु भएको ‘नेजा-एनआरएनए, एनसिसी यूएसए पत्रकारिता सम्मान’ बाट गिरीश पोख्रेल र विजय घिमिरेलाई संयुक्त रुपमा सम्मान गरियो । सम्मानित पोख्रेल नेजाका संस्थापक अध्यक्ष हुन् भने घिमिरे लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उक्त सम्मानको राशि दुई हजार अमेरिकी डलर रहेको छ ।
 
त्यस्तै, साधारण सभाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले लामो समयदेखि पत्रकार महासंघ र नेजाबीच सहयोग हुँदै आएकोमा यो सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजानुपर्ने बताए । उनले नेपाली पत्रकारिताको विकासका लागि नेजाले महासंघसँग मिलेर विगतदेखि नै सहयोग गर्दै आएको र नेपाली पत्रकारलाई गर्दै आएको सक्रिय सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
 
नेजाका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षता तथा महासचिव सुरज भण्डारीको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाल, गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल, पर्यटनदूत धन दवाडीलगायतले शुभकामना व्यक्त गरेका थिए । 
 
त्यस्तै, सामान्य सभाको सफलताका लागि शुभकामना व्यक्त गर्नेहरुमा एनआरएनए सचिव कृष्ण केससी, एनआरएनए अमेरिकाका उपाध्यक्षद्वय डिलु पराजुली र दीक्षा बस्नेत, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वागले, नेजाका सल्लाहकार रवि अधिकारी, नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष सहजमान श्रेष्ठ, जनसम्पर्क समिति क्यालि फोरर्निया च्याप्टरका काबा अध्यक्ष नारायण खनाल,समाजसेवी  प्रेतेश कार्की, हिमालयन फाउन्डेसनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठ, तामाङ सोसाईटीका बरिष्ठ उपाध्यक्ष टेक लामा थिए ।
 
यस्तै, नेजाका आजीवन सदस्य एवं मदरल्यान्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डे, एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, एभरेस्ट क्रेडिट युनियनका बोर्ड मेम्बर डिल्ली भट्टराई, एटोर्नी मिखाइल आर्सेटिभलगायतले साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । 
 
कार्यक्रममा संघकी उपाध्यक्ष मच्छेदेवी गुरुङको धन्यवाद मन्तव्य र क्षेत्रीय संयोजक तथा कन्भेनर शिव नेपालको स्वागत मन्तव्य रहेको थियो । सो कार्यक्रममा नेजाको बुलेटिनसमेत प्रकाशन एवं वितरण गरिएको थियो ।