मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह


वासिङटन । अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए ५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन् । 
 
उनले भनेका छन्– अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।
 
उनले यसबाट आफू पनि सङ्क्रमित हुन पुगेको पनि बताए । राष्ट्रपति बाइडेनले भने– यो ‘बिए ५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो यो सङ्क्रमणबाट सङ्क्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो सङ्क्रमण फैलिएको छ ।
 
आफूलाई सो नयाँ भेरियन्टबाट सङ्क्रमण भएको बताउनुभएका राष्ट्रपति बाइडेनले आफू आइसोलेसनबाट बाहिर निस्किनुअघि ह्वाइट हाउसबाट सो कुरा बताएका हुन् । 
 
यसबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरु अपनाउन पनि उनले सबैलाई आग्रह गरे । उनले सबै अमेरिकी नागरिकहरुलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन पनि आग्रह गरेका छन् । 
 
अमेरिकी राष्ट्रपति बाइडेन ७९ वर्षका छन् । उनलाई गत हप्ता मात्र यो नयाँ भेरियन्टको सङ्क्रमण देखिएको बताइएको थियो । उनले आफूलाई सामान्य लक्षणमात्र देखिएको बताउ । उनी एकहप्ता पछि बुधबारमात्र आइसोलेसनबाट निस्किएका थिए । 
 
कोभिड १९ सङ्क्रमणले सबैभन्दा बढी असर पारेको अमेरिकामा पछिल्लो समयमा यसको सङ्क्रमण थप फैलिएको बताइएको छ । त्यसैले अमेरिकी अधिकारीहरुले सबैलाई थप सतर्कता अपनाउन सूचना जारी गरिरहेका छन् । सिन्ह्वा