मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

क्यालिफोर्नियाको डढेलो बढ्दै जाँदा करिब छ हजार विस्थापित

क्यालिफोर्नियाको डढेलो बढ्दै जाँदा करिब छ हजार विस्थापित


मिड्पिन्स । क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् ।
 
क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग ९क्याल फायर० ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिइसकेको बताइएको छ ।
 
 क्याल फायरको रिपोर्टअनुसार ‘अत्यधिक खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको छ ।
 
अधिकारीहरूले ‘खतरनाक’ भनी वर्णन गरेको डढेलोबाट प्रभावित स्थानमा उद्धारकर्मीहरूले जोखिम क्षेत्रका बासिन्दाहरूलाई उद्धार गर्न र संरचनाहरूको सुरक्षा गर्न खटिरहेका छन् । डढेलोले करिब १५ भौतिक संरचनामा पूर्णतया क्षति पु¥याएको छ हजारौं मानिस डढेलोको जोखिममा परेका छन् । 
 
क्याल फायर अफिसर हेक्टर भास्केजले भने, प्रभाबित क्षेत्रका छ हजारभन्दा बढी मानिसलाई सुरक्षितस्थलमा सारिएको छ ।
 
क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजमले शनिबार मारिपोसा काउन्टीमा ‘नागरिक र सम्पत्तिको सुरक्षाको लागि अत्यधिक खतराको अवस्था’ रहेको भन्दै उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरे ।
 
हालैका वर्षहरूमा, क्यालिफोर्निया र पश्चिमी संयुक्त राज्य अमेरिकाका अन्य भागहरूमा पछिल्ला बर्षहरूमा देखिएको लामो खडेरी र उष्ण जलवायुले गर्दा ठूला डढेलोको जोखिम बढेको छ । एएफपी