मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, तीन जनाको मृत्यु, दुई घाइते

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, तीन जनाको मृत्यु, दुई घाइते


स एन्जेलस । अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।
 
क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
   
स्थानीय समयअनुसार राति १२:४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो । तीमध्ये तीन पुरुषको मृत्यु भएको छ भने घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।
 
अमेरिकामा गोली प्रहारका घटना निरन्तर हुन थालेका छन् । गोली प्रहारका घटना निरन्तर हुन थालेपछि बन्दुकसम्बन्धी विद्यमान कानुनलाई संशोधन गर्नुपर्ने आवाज बढ्दै गएको छ । एजेन्सी