मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

शिकागोमा स्वतन्त्रता दिवस जुलुसमा गोली चल्दा छ जनाको मृत्यु, ३६ जना घाइते

शिकागोमा स्वतन्त्रता दिवस जुलुसमा गोली चल्दा छ जनाको मृत्यु, ३६ जना घाइते


शिकागो । देशभक्तिको प्रदर्शनका क्रममा अमेरिकाको शिकागो सहर विनाश र विंध्वसमा परिणत भएको छ । अवोध बालबालिकाको राष्ट्रप्रेम रगतको आहालमा रूपान्तरण भएको छ । स्वतन्त्र राष्ट्र स्थापनाको महान् उत्सवमा सहभागी भएका उनीहरूलाई नियतिले शहीद बनायो । 
 
शिकागोको बाहिरी क्षेत्रमा अवस्थित हाइडपार्कमा स्वतन्त्रता दिवस जुलूसमा अमेरिकाको राष्ट्रिय झण्डा फहराइरहेका सर्वसाधारण एवम् बालबालिकामाथि एउटा घरको छतमा बसेको बन्दुकधारीले अन्धाधुन्ध गोली गोली चलाउँदा छ जनाको मृत्यु हुनका साथै ३६ जनाभन्दा बढी घाइते भएका छन् । 
 
विद्यालय, गिर्जाघर, किराना पसलमा सीमित रहेको बन्दुक हिंसा अब सामुहिक प्रदर्शन र राष्ट्रिय उत्सवमा सरेको छ । बन्दुक कानुन परिवर्तन नभएसम्म यस्ता घटाना भइरहने एकजना प्रत्यक्षदर्शीले बताएका छन् । 
 
स्वतन्त्रता दिवस परेडमा गोली चलेपछि केही बालबालिका ठहरै भएका, रगत चुहाउँदै केही भागेका, केही आधा खाइएका आलुचिप्सका प्याकेटसँगै घाँसमा चीर निन्द्रामा सुतेका, केहीका हातमा चकलेट र कुकिज ताजे रहेको हृदयविदारक दृश्यको वर्णन गर्न नसकिने उनले बताए । 
 
बाइस वर्षीय रोर्बट इ क्रिमोले चलाएको गोली लागेर पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्ततः अभियुक्त रोबर्टलाई हिरासतमा लिइएको छ । एजेन्सी