सिकागो । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् । तीमध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् ।
अमेरिकाभर सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने कि नदिने बहस चलिरहेका बेला घटना पनि बढिरहेका छन् । पछिल्लो समय गोली प्रहारका घटनामा परी धेरैको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
पछिल्लो पटक शनिबार दिउसो १२ः१९ बजे साउथ अल्वानीमा भएको घटनामा परी ३७ वर्षीय एक महिलाको हत्या भएको छ ।
यात्रा गरिरहेकी ती महिलालाई अपरिचित व्यक्तिले विना कारण गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धन भइरहेको जनाएका छन् ।
यही हप्तान्तमा सिकागोकै अन्य ठाउँहरुमा पनि गोली प्रहारका अन्य घटनाहरुसमेत भएको प्रहरी कार्यालयले जनाएको छ । एजेन्सी
प्रतिक्रिया