मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाको आयोवामा गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु

अमेरिकाको आयोवामा गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु


वासिङ्टन । अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई  सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ । 
 
स्टोरी काउन्टी शेरिफको कार्यालयले ट्वीटमा उल्लेख गरेअनुसार चर्चको पार्किङमा एक पुरुष व्यक्तिले दुई जनालाई गोली हानेका थिए।
 
शेरिफको कार्यालयले बताएअनुसार त्यहाँ तीन जनाको मृत्यु भएको छ । तीमध्ये एक जना बन्दुकधारीको रूपमा पहिचान गरिएको पुरुष पनि रहेका छन् । एम्स स्टोरी काउन्टीको शहर मध्य आयोवाको डेस मोइन्सबाट ५० किलोमिटर उत्तरमा छ। एजेन्सी