मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौैँ वार्षिक सम्मेलन सम्पन्न

युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौैँ वार्षिक सम्मेलन सम्पन्न


मेरिका । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौँ वार्षिक सम्मेलन ‘नेपालको विद्यालय शिक्षामा सुधार : स्थानीय र विश्वव्यापी दृष्टिकोण’ विषयमा केन्द्रित विमर्शका साथ सम्पन्न भएको छ । कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, डा. पार्वती ढुङ्गाना र डा. कटक मल्लको प्रस्तुतीकरण रहेको थियो ।
 
कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले संघीय नेपालको संरचनामा के कसरी काम गर्न खोजिँदै छ भन्ने बारेमा मन्तव्य राखेका थिए । 
 
सेन्टरका अध्यक्ष डा. राजन पन्तको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको कामका बारेमा डा. देशराज संयोक, हिजोको अनुभव र भोलिको बाटोको बारेमा संस्थापक अध्यक्ष डा. आमोद पोख्रेलले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन जगदम्बा अधिकारी र तरुण पौडेलले गरेका थिए । 
 
विज्ञहरुको प्रस्तुति र प्रश्न उत्तर, छलफल शैलीमा कार्यक्रम भएको थियो । सस्थाको संरचना, नयाँ नेतृत्व, भावी कार्यक्रमहरुका बारेमा छ महिनाभित्र शृंखलावद्द छलफल गरी तय हुने सहमति भएको जनाइएको छ । 
 
युएस-नेपाल पोलिसी रिसर्च सेन्टर अमेरिकामा सात वर्षदेखि नेपाल र नेपालीसम्बन्धी विषयहरुमा नीति र अनुसन्धान क्षेत्रमा क्रियाशील रहँदै आएको छ ।