मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेजाद्वारा सानफ्रान्सिस्कोका सामाजिक अभियन्ताहरुसँग अन्तर्क्रिया

नेजाद्वारा सानफ्रान्सिस्कोका सामाजिक अभियन्ताहरुसँग अन्तर्क्रिया


क्यालिफोर्निया (सानफ्रान्सिस्को) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा सामाजिक अभियन्ताहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
 
संघको १५ औँ साधारण सभा सानफ्रान्सिस्को सहरमा गर्ने कार्यसमितिको निर्णयसँगै सानफ्रान्सिस्को सहरमा नेजाले सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
 
संघको कार्यसमितिले जुलाई २३ र २४ मा साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभाको मिति घोषणासँगै आवश्यक तयारीका कार्यहरु पनि सुरु गरिएको छ ।
यसै क्रममासानफ्रान्सिस्को शहरमा सामाजिक अभियन्ताहरुसग अप्रिल १०, आईतवार छलफल तथा अन्तर क्रियात्मक कार्यक्रम गरिएको हो । सो अवसरमा सहभागि सामाजिकअभियन्ताहरुले नेजाको आसन्न साधारणसभा सफलताको शुभकामनाव्यक्त गर्नुभएको थियो । सहभागिहरुले साधारणसभा सफलपार्नका लागि  सहयोगको प्रतिवद्धता समेत जनाउनुभएको थियो ।
कार्यक्रममा सहभागिहरुले सामाजिक संघ संस्थाहरुले गरेका क्रियाकलापहरुलाई सबैमा पुर्याउन नेजा संस्था र पत्रकारहरुले खेल्नुभएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुहुदैं आगामी दिनमा अझ त्यसलाई प्रभावकारी बनाउदै लग्नुपर्नेमा  जोड दिनुभयो ।
 
सहभागिहरुले संचारमाध्यमहरु भनेका समुदायको एउटा महत्वपूर्ण अंगभएकाले कुनै पनि सामाग्री सम्प्रेषण गर्नुअघिधेरै विचार पुर्याउन आग्रह समेत गर्नुभयो ।
संघका अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्ष्तामा भएको कार्यक्रममा बोल्नुहुदैं गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाकाअध्यक्ष्ँ बुद्दि सागर सुबेदीले नेजा र एनआरएनएका बिच विगतदेखिनै सहकार्य हुदैै आएकोमा आगामी दिनमा अझ त्यसलाई थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
 
संघका क्षेत्रीय संयोजक(पश्चिम क्षेत्र)  शिव नेपालको संचालनमा भएको कार्यक्रममा संघका महासचिव सुरज भण्डारीले कार्यक्रमको विषय बस्तुमाथि प्रकाश पार्नुभएको थियो ।
सो अवसरमाएनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराई, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका प्रवक्ता तथा नेपाल अमेरिका पत्रकार संघका पूर्व महासचिवतोया दाहाल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका कोषाध्यक्ष्ँ राजिवश्रेष्ठ, एनआरएनए अमेरिकाकाबोर्ड अफ डाईरेक्टर राज ढुंगाना, ज्ञानेन्द्र गुरुङ, एनआरएनए आइसिसी सदस्य सुरेन्द्र मल्ल, गैर आवासीय नेपाली संघ, अमेरिकाका पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक श्रीराम थापा, एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष डिल्ली भट्टराई,  एनआरएनए अमेरिका,क्यालिफोर्निया च्याप्टर अध्यक्षएकदेव शर्मा, सामाजिकअभिन्यताहरु नारायण पोखरेल, प्रितेश कार्की,सूर्य बास्ताकोटी, ईश्वरी शिवाकोटी, उत्तमकार्की, सुरेश हमाल,तेज सापकोटा,राजेश थापा, महेन्द्र बस्नेत, नेजाका साधारण सदस्य सुदर्शन नेपाललगायतले धारणा राख्नुभएको थियो ।
यसैबीच, संघको आसन्न साधारणसभाको सन्दर्भमा सानफ्रान्सिस्को शहरमा रहनुभएका नेजा सदस्यहरुकाबीचमा  छलफल सम्पन्नभएको छ । संघका अध्यक्ष बिकासराज न्यौपाने र महासचिव सुरज भण्डारीको समेत सहभागिता रहेको छलफलमा सहभागि हुनुभएका संघका सदस्य पत्रकारहरुले साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक पर्ने विभिन्न पक्षका बारेमा धारणा राख्नुभएको थियो । सो अवसरमा संघका क्षेत्रीय संयोजक शिव नेपाल, पूर्व महासचिव तोया दाहाल,सदस्यहरु अनिल पाण्डे, ईश्वरी न्यौपाने, सन्दीप चौधरी, कृष्ण के.सी, यादव दाहालको सहभागिता रहेको थियो ।
यसैबीच, क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमाअप्रिल ९, शनिवार आयोजित नेपाल डे परेडमा नेजाले समेत सहभागिताजनाएको छ । संघमा आवद्ध पत्रकारहरुको परेडमा सहभागिता रहेको थियो । संघका अध्यक्षबिकासराजन्यौपाने, महासचिव सुरज भण्डारी, पूर्व महासचिवतोया दाहाल, पूर्व सचिवअग्नी चौलागाई, क्षेत्रीय संयोजकशिव नेपाल, पूर्व क्षेत्रीय संयोजकधुव्र कुवर, पूर्व कार्यसमिति सदस्य सन्दीप चौधरी,आजिवन सदस्यहरु अनिल पाण्डे, ईश्वरी न्यौपाने, रामेश्वर भण्डारी, रोशनअधिकारी, सदस्य सुदर्शन नेपाल, हेमराज बराल,आयोजक समितिका संयोजक समेत रहनुभएकाएनआरएनए अमेरिका पश्चिम क्ष्ँेत्रका क्षेत्रीय संयोजक तथा संघका सदस्य श्रीराम थापा लगायतको सहभागिता रहेको थियो ।