मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्यूयोर्कमा गोली चल्यो, १० जना घाइते

न्यूयोर्कमा गोली चल्यो, १० जना घाइते


अमेरिका । अमेरिकाको न्यूयोर्क ब्रुकलिन सबवे स्टेसनमा मगलबार संदिग्ध व्यक्तिले गोली चलाउँदा १० जना घाइते भएका छन् । 
 
गोली चलेपछि भएको भागदौडमा परेर घाइते हुँदा कम्तीमा पनि २९ जनालाई अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । 
 
ग्यास मास्क र निर्माणका बेला लगाइने लुगा लगाएका कालोवर्णका व्यक्तिले गोली चलाएको बताइएको छ । गोली चलाउनुअघि धुँवा आएको थियो । 
 
बिहान साढे ८ बजे स्टेसनमा भीडभाड हुने समयमा गोली चलेको थियो । गोलीसँगै केही विस्फोटक पदार्थसमेत बरामद भएको प्रहरीले जनाएको छ । 
 
न्यूयोर्कका मेयरले मंगलबार बिहानको शान्त समयमा गोली चलेपछि सो स्थान युद्धभूमि जस्तो भएको बताएका छन् । 
 
स्थानीय प्रशासनले सो घटनामा संलग्नका बारेमा जानकारी दिनेलाई ५० हजार अमेरिकी डलर इनाम दिने घोषणा गरेको छ । 
प्रहरीले यो अपराधमा संलग्न भएको आशंकामा एक व्यक्ति र उनले प्रयोग गरेको युहल गाडी पहिचान गरेको बताएको छ । उक्त युहल भ्यान फ्रांक जेम्स नामक व्यक्तिले भाडामा लिएको बताइएको छ । 
न्यूयोर्कमा नेपालीको जनसंख्या पनि उल्लेख्य छ । यो घटनामा नेपाली घाइते भएको कुनै जानकारी आएको छैन ।