वासिङ्टन । क्यालिफोर्नियाको डब्लिनस्थित संघीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत ‘यौन दुर्व्यवहार’ गरेको बताएका एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।
कैदीहरूलाई ‘बोल्न खोज्दा अक्सर धम्की वा सजाय दिइयो’ भनी एपीले आइतबार सार्वजनिक एक समाचारमा उल्लेख गरेको छ ।
संघीय सुधार संस्थाका कैदी तथा कामदारहरूले अमेरिकी कतिपय अधिकारीका कारण अमेरिकी जेल ‘बलात्कार क्लब’ भएको आरोप लगाएका छन् ।
महिला कैदी तथा कामदारको भनाइले जेलमा ‘स्वीकृत र विषाक्त संस्कृति’ भेटिने पुष्टि भएको हो । यसले जेल कर्मचारी र यहाँ सुधारका लागि राखिएका कैदीहरूद्वारा वर्षौंको ‘यौन दुराचार’ को सामना गर्नुपरेको उनीहरूले बताएका छन् । यद्यपि यस्ता दुर्व्यवहारलाई पीडितबाहेकका सर्वसाधारणको नजरबाट छिपाइने गरेको उनीहरूको भनाइ छ ।
अध्ययन रिपोर्टमा भनिएको छ, “डब्लिनमा अहिलेसम्म यिनै र यसप्रकारका दुर्व्यवहारमा दोषी चार जना गिरफ्तार भएका आरोपहरूका कारण संकटग्रस्त संघीय जेल व्युरोभित्र महामारीका समय ठूलो समस्या भएको छ ।
सन् २०२० मा १२२ वटा जेलमा कर्मचारीहरूले गरेको यौन दुर्व्यवहारको ४२२ वटा गुनासो गरिएको थियो भने तीमध्ये चार जनालाई प्रमाणित गरिएको थियो र २९० जनामाथि अझै अनुसन्धान चलिरहेको छ । सिन्ह्वा
प्रतिक्रिया