मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोभिड-१९ को खोप बालबालिकाका के कति लागि सुरक्षित ?

कोभिड-१९ को खोप बालबालिकाका के कति लागि सुरक्षित ?


मेरिका । लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्णरूपमा नियन्त्रण हुन सकेको छैन । 
 
विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ । 
 
यसै सन्दर्भमा लौरान निर्गाडको एक सर्वेक्षणले बताएअनुसार १२ देखि १७ वर्षका लाखौं बालबालिकाले अमेरिकामा सुरक्षितरूपमा फाइजर खोप लगाएपछि हाल अमेरिकीहरू यसको प्रभावकारिताबारे थप अनुसन्धान गरिरहेका छन् ।
 
तीमध्ये ५ देखि११ वर्षका बालबालिका र वयस्कहरूलाई दिइने खुराकको एक तिहाइ मात्रा दिइने गरेको छ। खाद्य र औषधि प्रशासनले शुक्रबार बच्चाहरूलाई अनुकूल हुने प्रकारको डोज तयार पारेर रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई सिफारिस गरेको छ ।  
 
यो खोपको बालबालिकामा पर्ने साइड इफेक्टका बारेमा अध्ययन भइरहेका बेला एमोरी विश्वविद्यालयका बाल हृदय रोग विशेषज्ञ डा म्याथ्यू ओस्टरले खोपपछि कहिलेकाहीँ बच्चाहरूमा पनि विभिन्न खालका असरहरू देखिन सक्ने हुन्छ जसलाई कोरोनाभाइरस संक्रमणपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम भनिन्छ भनेर औँल्याएका छन् । 
 
केही बालबालिका र वयस्यहरूमा मुटु सुन्निनेलगायतका गम्भीर साइड इफेक्ट देखिने गरेको पनि उनले बताएका छन् ।  तर, खोपले काम गर्न थालेपछि यस्ता सामान्य समस्या आफैँ निको हुने पनि विज्ञले बताएका छन् । एजेन्सी