मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानी पुर्‍याउने : फ्रान्सिस हवगन

फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानी पुर्‍याउने : फ्रान्सिस हवगन


वासिङ्टन । फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानि पु¥याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्वकर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिएकी छिन्  ।
 
यस विषयमा सवै जानकारी भएता पनि कम्पनीका वरिष्ठ कर्मचारीहरुले मुनाफालाई प्राथमिकतामा राखेको उनले बताएकी छिन् । फेसबुकका प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हवगनले कम्पनीका गोप्य कुराहरू चुहाएकी बताइएको छ । उनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिएकी दिइन् । 
 
यता फेसबुकले भने हवगनले आफूलाई ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्नो सुरक्षा गरेको छ । तर, उसले एक विज्ञप्तिमार्फत् अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारेको छ । 
 
मङ्गलबारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा एकै ठाउँमा देखिएका थिए । एजेन्सी